कोरोना खोपको दोस्रो डोज लगाउन सूचना, कहाँ गएर लगाउने ?
जानकारी केन्द्र
२०७७, चैत्र, ३१
काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोपको पहिलो डोज लगाइसकेका व्यक्तिले दोस्रो डोज लगाउन सूचना जारी भएको छ ।
स्वास्थ्य कार्यालय काठमाडौंले सूचना जारी गर्दै वैशाख ७ देखि ११ गतेसम्म खोप लगाउन सकिने जनाइएको छ । सरकारले गत माघ १४ देखि फागुन १० गतेसम्म पहिलो चरणको खोप अभियान सञ्चालन गरेको थियो ।
पहिलो डोज खोप लगाएका स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार, कूटनीतिक नियोगका कूटनीतिज्ञ तथा कर्मचारी, सार्वजनिक संस्थान र बैंक तथा वित्तिय संस्थानका कर्मचारी सहितले दोस्रो डोज लगाउन पाउने सूचनामा उल्लेख छ ।
सूचनामा खोप लगाउनका लागि विभिन्न केन्द्र तोकिएका छन् । पायक पर्ने केन्द्रमा गएर खोप लगाउन स्वास्थ्य कार्यालयले सूचित गरेको छ ।

सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नारायणी अस्पताल घटनाको विरोधमा रौतहटमा पनि चिकित्सकको आन्दोलन
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
मुटुको धड्कन बन्द भएको ४० घण्टापछि चीनियाँ नागरिक जिबितै
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


