लाइसेन्स बनाउने सोचमा हुनुहुन्छ ? १० महिनामा आउँछ पालो !
काठमाडौं । कोरोना माहामारी र लकडाउनका कारण लामो समय बन्द भएको सवारीसाधनको लाइसेन्स परीक्षा अर्थात् ट्रायल दिन राजधानीमा कम्तीमा १० महिना कुर्नुपर्ने भएको छ । लकडाउन खुले लगत्तै यातायात व्यवस्था विभागले सवारी साधनको लाइसेन्स परीक्षा लिन सुरु गरेपनि अत्याधिक चापका कारण अहिले फारम भरेका सेवाग्राहीले १० महिनापछि मात्रै पालो पाउने भएका हुन् ।
लाइसेन्स परीक्षाका लागि चैत ३१ गते फारम भरेका सेवाग्राहीलाई १० महिनापछि अर्थात् २४ माघ, २०७८ सालमा मात्रै पालो आउने गरी सम्पर्क मिति तोकिएको सूचना आएको छ । १३ अप्रिल, २०२१ मा फारम भरेका सेवाग्राहीलाई ९ महिना २४ दिनमा बल्ल पालो आउने भएको छ । यातायात व्यवस्था विभागका प्रवक्ता डा. लोकनाथ भुसालका अनुसार हालसम्म करिब ७ लाख जना सेवाग्राहीले लाइसेन्स परीक्षाका लागि आवेदन दिएका छन् ।
तर उपत्यकाका ट्रायल सेन्टरहरूमा दैनिक ५ हजार जनाभन्दा बढी सङ्ख्यामा ट्रायल लिने क्षमता नभएको कारण १० महिनाभन्दा बढी समय कुर्नु परेको बताउँछन् । अहिले दैनिकरूपमा लाइसेन्स परीक्षाका लागि फारम भर्नेको सङ्ख्या बढिरहेको भएपनि लाइसेन्सको परीक्षा लिने काम प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयको कार्यक्षेत्रमा पर्छ ।
विभागको काम लाइसेन्स परीक्षाको लागि फारम लिइदिन र लाइसेन्स परीक्षामा उत्तीर्ण परीक्षार्थीको लाइसेन्स प्रिन्ट गरी सम्बन्धित कार्यालयमा पठाइदिने मात्रै हो । तर, प्रदेशका मन्त्रालयले ट्रायल सेन्टरको सङ्ख्या र जनशक्ति बिस्तार नगर्दा समस्या आएको विभागका प्रवक्ता भुसालको भनाइ छ ।
कोरोना माहामारीका कारण गएको पुष महिनादेखि मात्रै विभागले लाइसेन्सको ट्रायल परीक्षा सुरु गरेको थियो । हाल देशभर २३ वटा कार्यालयबाट लाइसेन्सका लागि ट्रायल लिने काम भइरहेको छ । तर सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिनका लागि फारम भर्नेको सङ्ख्या बढेको कारण अहिले ट्रायल दिनै १० महिना कुर्नुपर्ने अवस्था आएको हो ।
सम्बन्धित समाचार
आज हरिशयनी एकादशी : चतुर्मासा व्रत सुरु, बिष्णु र लक्ष्मीको आराधनाले मिल्नेछ शान्ति
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय
मोबाइल-कम्प्युटर धेरै चलाउनुहुन्छ ? आँखा जोगाउन ‘२०-२०-२०’ नियमबारे अवश्य जान्नुहोस्
बर्षायाममा छालालाई सुन्दर र चम्किलो बनाउन अपनाउनुहोस् यी उपाय
भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

