Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७८, बैशाख, ३
सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

आज शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ । बिहीबार प्रतितोला छापावाला सुनको मूल्य ८९ हजार ८ सय रहेको थियो । त्यस्तै आज सुनको मूल्य तोलामा ८ सयले वृद्धि भइ प्रतितोला छापावाला सुन ९० हजार ५ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजावी सुनको मूल्य ९० हजार रहेको छ । बिहीबारको तुलनामा शुक्रवार चाँदीको मूल्य तोलामा १० रुपैयाँले बृद्धि भएको छ । बिहीवार चाँदीको मूल्य १२ सय ९० रहेको थियो भने आज मूल्य बृद्धि भइ प्रतितोला चाँदी १३ सय कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स