कोरोना संक्रमित भन्छन्, ‘सुई हानेर बरू मार्देओ’
एजेन्सी । भारतको महाराष्ट्रमा रहेको चन्द्रपुरमा कोरोना अनियन्त्रित भएको छ । त्यहाँको स्वास्थ्य प्रणाली पूरै ध्वस्त भएको छ । कुनै पनि अस्पतालमा बेड उपलब्ध छैन । अस्पतालको बेड खोज्दै रोगीहरू तेलंगाना पुगिरहेका छन् । एक जना छोराले दुई दिनदेखि आफ्ना पितालाई एम्बुलेन्समा राखेर यताउता लगेको भए पनि कतै बेड पाएनन् ।
हैरान भएर छोराले बेड छैन भने बुवालाई सुई घोचेर मार्देओ बरू भन्दै मार्मिक पुकार गरेका छन् । सागर नारशेट्टीवारका ७१ वर्षीय पिता कोरोनापीडित हुन् र उनले अस्पतालमा बेड पाएका छैनन् । सागर अनेकौं सरकारी तथा निजी अस्पताल पुगेका थिए तर तेलंगाना पुग्दासम्म पनि उनले बेड पाएनन् ।
फर्किएर उनले चन्द्रपुरको कोभिड अस्पतालमा एम्बुलेन्स राखेर प्रशासनसँग मद्दतको हारगुहार गरेका छन् । घर फर्केर जाने पनि स्थिति छैन । सागरका अनुसार, सबैतिर हालत एकदमै खराब छ । रोगीहरूको संख्या बेस्सरी बढेपछि स्वास्थ्य सुविधाहरू नराम्ररी प्रभावित भएका छन् । अस्पतालदेखि मसानघाटसम्म सबैतिर एकदमै खराब स्थिति छ ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नारायणी अस्पताल घटनाको विरोधमा रौतहटमा पनि चिकित्सकको आन्दोलन
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
मुटुको धड्कन बन्द भएको ४० घण्टापछि चीनियाँ नागरिक जिबितै
युनाइटेड सिमेन्टद्वारा धुनीबेँसीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, १४३ जना लाभान्वित
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


