एकै विद्यालयका ३९ जना शिक्षक एवम् विद्यार्थीमा कोरोना पुष्टि
जानकारी केन्द्र
२०७८, बैशाख, ७
काठमाडौं । बागलुङको एक विद्यालयका ३९ जना शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको छ । बाग्लुङ नगरपालिकामा रहेको जनता धन माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालयले ९८ जनाको स्वाब परीक्षण गर्दा ३९ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण भएका सबै होम आइसोलेशनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । शिक्षक–विद्यार्थीमा संक्रमण तिब्र भए पनि बागलुङका विद्यालय भने बन्द गरिएको छैन ।
मन्त्रिपरिषद्को निर्णयले जिल्लालाई सम्बोधन नगरेकाले विद्यालय बन्द नगरेको नगर शिक्षा अधिकारी दण्डपाणि शर्माले बताए । संक्रमण देखिएको विद्यालय भने बुधबारबाट बन्द गर्न सिफारिस गरिएको छ ।
यसअघि पनि बागलुङका विभिन्न विद्यालयमा ३५ जना विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नारायणी अस्पताल घटनाको विरोधमा रौतहटमा पनि चिकित्सकको आन्दोलन
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
मुटुको धड्कन बन्द भएको ४० घण्टापछि चीनियाँ नागरिक जिबितै
युनाइटेड सिमेन्टद्वारा धुनीबेँसीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, १४३ जना लाभान्वित
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


