पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
कैलाली: कैलालीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि आक्रोशित आफन्तले लम्कीचुहा नगरपालिकाअन्तर्गतको पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । मृतकका परिवारलाई क्षतिपूर्ति तथा दोषीलाई कारवाहीको माग गर्दै शुक्रबार बिहानैदेखि लम्कीचुहा नगरपालिकाअन्तर्गतको सो राजमार्ग अवरुद्ध गरिएको हो । बिहीबार गौरीगङ्गा नगरपालिकाको राजीपुरमा बसले ठक्कर दिँदा मोटरसाइकल चालक लम्कीचुहा नगरपालिका–४ का २७ वर्षीय लालितजंग रावतको मृत्यु भएको थियो
दिउँसो ३ बजेतिर पश्चिमबाट पूर्वतर्फ गइरहेको ना४ख ३७२९ नम्बरको बसले सोही दिशातर्फ गइरहेको म ८ प नम्बरको ३९८० नम्बरकोे मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक रावत घाइते भएका थिए । ठक्करबाट घाइते भएका उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक भरत चौधरीले बताए। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाइएको छ । रासस
सम्बन्धित समाचार
पहिरोले १४ मेगावटको घारखोला पावर हाउसमा क्षति
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
थाइल्यान्डमा किशोरद्धारा गरिएको अन्धाधुन्ध गोली प्रहारमा ७ जनाको मृत्यु
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
जर्मनीमा अत्याधिक गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
जापानमा भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ३५ पुग्यो
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


