ओलीलाई ‘छापामार शैली’मा हटाउने रणनीति
काठमाडौं, २ जेठ। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्ने नयाँ रणनीतिका साथ विरोधी गठबन्धन सक्रिय भएका छन् । उनीहरुले ओलीलाई विश्वासको मत लिनबाट विफल पारेर धारा ७६ (५) बमोजिम नयाँ प्रधानमन्त्री बनाउने रणनीति बनाएका हुन् ।
नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहका केही नेता यो रणनीतिमा सामेल भएको बुझिएको छ । उनीहरुले ओलीलाई विश्वासको मत लिनबाट विफल पारेपछि धारा ७६ को उपधारा ५ बमोजिम बहुमतको सरकार निर्माणका लागि राष्ट्रपतिबाट आव्हान हुने संवैधानिक प्रावधान अनुसार बहुमतको हस्ताक्षर जुटाउने रणनीति बनाएका हुन् ।
संविधानको धारा ७६ को उपधारा ५ बमोजिम ओलीलाई प्रधानमन्त्री बन्न नदिने र निरन्तरताको अवसर पनि नदिने गरी नेताहरु रणनीति बनाएर लागेका छन् । उनीहरुले प्रधानमन्त्रीको विकल्पमा केही व्यक्तिहरुको नाम तयार गरेर सहमतिको प्रयास थालिसकेका छन् ।
ओलीविरोधी गठबन्धन बनाउन जनता समाजवादी पार्टीलाई प्रधानमन्त्री दिने गरी सहमति हुने सम्भावना पनि बढेको छ । महन्थ ठाकुर प्रधानमन्त्रीका लागि प्रस्तावित हुनसक्ने बुझिएको छ । यसअघि नै जसपा नेता डा. बाबुराम भट्टराई प्रधानमन्त्री नबनेकालाई बनाएर सहमतिमा अगाडि बढ्न आव्हान गरिसकेका छन् । उनको संकेत महन्थतर्फ नै देखिन्छ ।
नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले पनि महन्थ ठाकुरको नाम प्रस्तव गरेका छन् । काँग्रेसभित्र रामचन्द्र पौडेल समूह ठाकुरको पक्षमा सकारात्मक छ । तर, देउवाले ग्रिन सिग्नल दिएका छैनन् ।
जसपालाई प्रधानमन्त्रीको प्रस्ताव गरेर जाँदा एमालेको माधवकुमार नेपाल समूहको पनि साथ मिल्ने भन्दै काँग्रेस र जसपाको एक पक्ष देउवालाई मनाउन लागेको छ । उनीहरु ओलीको विकल्प खोजिहाल्नुपर्ने पक्षमा छन् ।
जसपा नेता डा. बाबुराम भट्टराईले धारा ७६ को उपधारा ५ बमोजिम बहुमतको सरकार बनाएर त्यही सरकारले चुनाव गर्नसक्ने औल्याएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि धारा ७६ को उपधारा ५ उल्लेख गर्दै माधव नेपालसँग त्यहीं भेट हुनसक्ने बताएका छन् । यही धारामा ओलीलाई छक्क पार्दै ओलीसँग राजनीतिक युद्ध जित्ने रणनीतिका साथ प्रचण्ड सक्रिय भएका छन् ।
सम्बन्धित समाचार
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


