कोरोनाको तेस्रो र चौथो लहर आउने भन्दै स्वास्थ्य मन्त्रालयको यस्तो संकेत
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तेस्रो र चौथो लहरमा बालबालिका बढी संक्रमित हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै सो अनुसार तयारी गर्न सबै अस्पताल तथा स्वास्थ्य संस्थाहरुलाई निर्देशन दिएको छ ।
मन्त्रालयले आफ्नो स्वीकृत शैयाको कम्तिमा २० प्रतिशत शैया कोभिड-१९ संक्रमित बालबालिहरुको उपचारमा प्रयोग हुने गरी तयारी अवस्थामा राख्न अनुरोध गरेको हो । महाशाखा प्रमुख डा. मदनकुमार उपाध्यायले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
‘प्रथम लहर र दोस्रो लहर अत्याधिक मात्रामा प्रौढ र युवाहरु संक्रमित भएको हुँदा व्यवस्थापन सम्बन्धी तयारी प्रौढ र युवा लक्षित मात्र हुन पुगेको छ । दोस्रो लहर जस्तै पुनः तेस्रो, चौथो लहर आउन सक्ने र त्यसबेला बालबालिका बढी मात्रामा संक्रमित हुन सक्ने अवस्थालाई मध्य नजर गर्दै आफ्नो स्वीकृति शैयाको कम्तिमा कम्तिमा २० प्रतिशत शैया कोभिड-१९ संक्रमित बालबालिहरुको उपचारमा प्रयोग हुने गरी तयारी अवस्थामा राख्न अनुरोध छ । साथै वैकल्पिक अक्सिजनको व्यवस्थापन समेत गर्नुहुन अनुरोध छ ।’
सम्बन्धित समाचार
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

