आजबाट १० दिन फेरि थपियो निषेधाज्ञा, के सञ्चालन गर्न पाइने, के नपाइने ?
काठमाडौं । काठमाडौं उपत्यकाभित्र थप १० दिन निषेधाज्ञा शुरु भएको छ । काठमाडौं उपत्यकाभित्रका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले असार ३१ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको थियो ।
आजबाट लागू निषेधाज्ञामा सवारी साधनमाथि लगाइएको जोरबिजोर प्रणाली हटेको छ । सार्वजनिक तथा निजी सवारी साधनमाथि लगाइको जोरबिजोर प्रणाली हटाइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए ।
सार्वजनिक सवारी साधनमा स्वास्थ्य मापदण्ड भने कडाइको साथ पालना गर्नुपर्नेछ । मास्क अनिवार्य गर्नुपर्ने बताइएको छ । साथै सिट क्षमताभन्दा बढी यात्रु बोक्न पाउने छैनन् । कम सिट क्षमता भएका सार्वजनिक सवारी साधन पनि चल्न पाउने भएका छन् ।
तर त्यस्ता सवारीमा यात्रु बोक्ने सिट संख्या भने निर्धारण गरिएको छ । सफा टेम्पो तथा माइक्रो पनि संचालन गर्न पाउनेछन् । पछाडि तेस्रो सिटमा ४र४ जनाको दरले ८ जना र चालक छेउमा १ जना गरी कुल ९ जना यात्रु भन्दा बढी राख्न पाइने छैन ।
सवारीको मध्य भागमा दुई तर्फी यात्रुहरु छुट्उने गरी प्लास्टिकको छेकबार लगाउनु पर्नेछ । काठमाडौं उपत्यका भित्र प्रवेश गर्नेहरूले भने सम्बन्धित जिल्लाबाट जारी भएको प्रवेश अनुमति पत्र लिएर मात्र आउन पाउने व्यवस्था गरिएको छ ।
अत्यावश्यक काम विशेषले उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारी साधनहरुको हकमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति लिई छोटो, मध्यम तथा लामो दूरीका सार्वजनिक तथा निजी सवारी साधनहरु प्रवेश गर्न पाउनेछन् ।
देशभर कोरोना भाइरसको संक्रमण बढेपछि काठमाडौं उपत्यकामा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ । उपत्यकामा पछिल्लो समय थप भएको निषेधाज्ञा सोमबार राति १२ बजेबाट सकिएको छ ।
सम्बन्धित समाचार
सिप्रदी ट्रेडिङद्वारा टाटा BS6 बस च्यासिस सार्वजनिक
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


