Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

देशभर मनसुनी वायुको प्रभाव : यी स्थानमा भारी वर्षाको सम्भावना

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७८, असार, २२
देशभर मनसुनी वायुको प्रभाव : यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जसकारण मंगलबार बिहान प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पानी परेको छ । दिउँसो कर्णाली र सुदूरपश्चिममा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा बदली रहनेछ ।

प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा वर्षाको आँकलन गरिएको छ । राति प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाको आँकलन छ ।

प्रदेश १ का एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । बुधबार देशका अधिकांश भूभागमा बदली रहनेछ । प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स