देशभर मनसुनी वायुको प्रभाव, यी स्थानमा अति भारी वर्षाको सम्भावना
काठमाडौं । मनसुनी वायुका कारण मुलुकभर वर्षा भएकाे छ । बिहीबार दिउँसो देशभर बदली रहनेछ । मुलुकका धेरैजसाे स्थानमा वर्षा हुने माैसम पूर्वानुमान महाशाखाले आँकलन गरेकाे छ । प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थान धेरै भारी वर्षाको पनि सम्भावना छ ।
महाशाखाका अनुसार राति पनि देशका धेरै स्थानमा वर्षाको सम्भावना छ । ‘लुम्बिनी, सुदूरपश्चिम र बागमतीका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । सुदूरपश्चिमका एक वा दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ,’ महाशाखाले भनेकाे छ ।
शुक्रबार प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिमका थोरै स्थानमा भारी र सुदूरपश्चिमका एक वा दुई स्थानमा धेरै भारी वर्षाको आँकलन गरिएकाे छ । महाशाखाका अनुसार शनिबार पनि बदली रही धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थान भारी वर्षाको सम्भावना छ ।
सम्बन्धित समाचार
आज हरिशयनी एकादशी : चतुर्मासा व्रत सुरु, बिष्णु र लक्ष्मीको आराधनाले मिल्नेछ शान्ति
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय
मोबाइल-कम्प्युटर धेरै चलाउनुहुन्छ ? आँखा जोगाउन ‘२०-२०-२०’ नियमबारे अवश्य जान्नुहोस्
बर्षायाममा छालालाई सुन्दर र चम्किलो बनाउन अपनाउनुहोस् यी उपाय
भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


