भारत संग फाइनलमा भिड्दै नेपाल – जानकारी केन्द्र
नेपाली राष्ट्रिय फुटबल टोलीका लागि भारत परम्परागत प्रतिद्वन्द्वी हो । दक्षिण एसियाली प्रतियोगितामा भारत सधैँ नेपालको बाधक बन्दै आएको छ । नेपाली सिनियर फुटबल टोलीले भारतसँग १६ अन्तर्राष्ट्रिय खेल खेल्दा दुईमा मात्रै जित हात पारेको छ ।
उमेर समूहअन्तर्गत यू–१६ मा हालसम्म भएको तीन खेलमध्ये तीनैमा नेपाल पराजित भएको छ । यस्तै सिनियर महिला टोलीले पनि दक्षिण एसियाली फुटबलको तीन फाइनलमा नतिजा भारतीय टोलीलाई नै सुम्पिएको छ । यो पृष्ठभूमिमा नेपाल अर्काे उपाधिका लागि फेरि भारतविरुद्ध मैदानमा उत्रँदै छ । नेपाल शनिबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीको मैदानमा हुने पहिलो दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–१९ च्याम्पियनसिपको उपाधिका लागि भारतविरुद्ध उत्रँदै छ ।
पहिलोपटक आयोजित प्रतियोगिताको उपाधि उचाल्ने योजनामा रहेको नेपाली टोलीलाई फेरि एकपटक भारतको चुनौती पन्छाउनुपर्नेछ । यद्यपि नेपालका लागि भारतलाई पराजित गनु सहज पक्कै हुनेछैन । नेपाल र भारत जारी प्रतियोगिताको अपराजित टोली हुन् । नेपाल समूह ए तथा भारत समूह बीको विजेता बन्दै सेमिफाइनलमा पुगेका थिए । सेमिफाइनलमा तुलनात्मक रूपमा नेपालले राम्रो नतिजा आत्मसात् गर्यो । नेपालले समूह बीको उपविजेता अफगानिस्तानलाई ३–२ ले पराजित गर्दा भारतले भने समूह एको उपविजेता बंगलादेशलाई सडनडेथमा पराजित गर्यो ।
यद्यपि फाइनलमा नेपाली टोली भारतविरुद्ध सजग रहनुपर्नेछ । भारत आफ्नो दोस्रो टोली लिएर प्रतियोगिताका लागि नेपाल आएको हो । भारतको पहिलो टोली मलेसियामा अर्काे प्रतियोगिता खेल्दै छ । दोस्रो टोली भए पनि भारतले जारी प्रतियोगितामा आफूलाई उत्कृष्ट रहेको प्रमाणित गरिसकेको छ । भारत प्रतियोगितामा अपराजित मात्रै होइन ९० मिनेटको निर्धारित समयमा कुनै गोल नबेहोर्ने टोली पनि हो । भारतले समूह चरणको दुई तथा सेमिफाइनलको एक खेलमा कुनै पनि गोल बेहोरेको छैन । यस अर्थमा भारतीय टोलीको रक्षापंक्तिलाई बलियो मान्न सकिन्छ । भारतको तुलनामा नेपाली टोलीको रक्षापंक्ति भने कमजोर छ । नेपालले जारी प्रतियोगिताको प्रत्येक खेलमा गोल बेहोरेको छ ।
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


