देश बने थारु पनि बन्छ, देश जले हामी सबै जल्छौं , शान्ता चाैधरी
टिकापुरमा जे भयो गाउँका अबोध थारुहरुलाई अगाडि सारेर भयो। थारु समुदायलाई दमन गर्न, बदनाम बनाउन, देश जलाउन सुनियोजित रुपमा भयो । थारु समुदायलाई अगाडि सारेर भित्रभित्रै हिसा गर्ने र प्रतिकार भन्दै थारुको घर जलाउने दुवै काम सभ्य मानिसले गर्न सक्दैन । यो अपराध हो । यो सबैको छानविन होस । थारु समुदायले अरुको अधिकार खाेस्ने होइन । थारुमा पनि धनी र गरिब छ । धनीको एउटा जात र गरिबको अर्काे जात बुझौ। पूरै समुदायलाई दोष नदिउँ । अरुले जस्तै अधिकार माग्न थारु एकजुट हुनुपर्छ, सबै समुदायको साथ लिनुपर्छ । देश बने थारु पनि बन्छ, देश जले हामी सबै जल्छौं । थारु नेपालको प्राचीन समुदाय हो। बुद्धको सन्तान भनेर हामी गर्व गर्छौ । यो देश सबै समुदायको हो, मिलेर बस्नुपर्छ भन्ने मान्यता थारुमा छ । धेरै वटा जातिको नेपाल भनेर गर्व गरौं । मिलेर बसौं । थारु कसैका सत्रु होइनन् । जातीय आक्षेप कसैले कसैलाई नलगाउँ । देश हाम्रो साझा हो । जातीय राजनीतिले भलोे गर्दैन । म थारु समुदायको हूँ र थारुलाई बदनाम गर्न खोजिँदा दुख लाग्छ । अपराधी जुन जातमा पनि हुन्छन ।हिंसा हत्या गर्ने मानिसलाई जातीय आँखाले नहेरौं । कुनै विशेष जातको मानिसले हिंसा गर्यो नभनौं। जातिलाई दोष नदिऔं । अपराधीको जात हुदैन । अहिले साम्प्रदायिक आगो लगाउन खोजिदै छ । जनतालाई हिंसामा उतार्न खोजिदैछ । सबै सचेत हुनुपर्छ र सबै खालका आन्दोलन शान्तिपूर्ण गर्न अपिल छ
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


