कोभिड-१९ विरूद्धको खोप लगाउन दर्ता नम्बर चाहिने, यसरी लिनुस् नम्बर
काठमाडौं । अब काठमाडौंमा कोरोना भाइरस विरूद्धको खोप लगाउन अनिवार्य अनलाइन दर्ता नम्बर चाहिने भएको छ । स्वास्थ्य कार्यालय काठमाडौँले एक सूचना जारी गर्दै ५० वर्ष वा सो भन्दा मुनिका नागरिकले विद्युतीय दर्ता नम्बर ल्याए मात्र कोभिड-१९ विरुद्धको खोप लगाउन पाउने जानकारी दिएको हो ।
यो व्यवस्थासँगै अब ५० वर्ष वा सो भन्दा मुनि र १८ बर्षमाथिका नागरिकले कोभिड १९ विरुद्धको खोप लगाउन अनलाइन दर्ता नम्बर ल्याउनु पर्नेछ भने सो भन्दा माथि उमेरकाले पनि अनिवार्य अनलाइन फारम भर्न पर्नेछ ।
कसरी पाउने अनलाइन दर्ता नम्बर ?
सबैभन्दा पहिले खोपका लागि स्वैच्छिक आवेदन फारम भर्न यहाँ क्लिक गर्नुहोस् । त्यसपछि त्यहाँ स्वयं आवेदन दर्ता, अन्य व्यक्तिमार्फत आवेदन दर्ता, संस्थामार्फत आवेदन दर्ता मध्ये एउटा विकल्प छनोट गर्नुपर्ने हुन्छ । एउटा विकल्प छनोट गरेपछि नाम, ठेगाना, जन्म मिति, परिचयपत्रको प्रकार, पेशा, तपाईलाई कुनै स्वास्थ्य समस्या, शारीरिक अवस्था, खोप केन्द्र छनोट गर्नु पर्ने हुन्छ ।
त्यसपछि भरेका सबै विवरण ठिक छ भनेर रेजा चिन्ह लगाउनु पर्ने हुन्छ र त्यसपछि विवरण पेश गर्न सकिन्छ । यो फारम भरिसकेपछि प्राप्त भएको दर्ता नम्बर लिएर खोप लगाउन सकिने छ । साथै कुनै प्राविधिक समस्या परेमा त्यहाँ दिइएको नम्बर र इमेलमा आफ्नो समस्या राख्न सकिने छ ।
सम्बन्धित समाचार
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नारायणी अस्पताल घटनाको विरोधमा रौतहटमा पनि चिकित्सकको आन्दोलन
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

