के दोस्रो पटक आमा बन्दैछिन् ऐश्वर्या ?
एजेन्सी, १२ साउन । बलिउडकी सुन्दर अभिनेत्री तथा पुर्व मिस वल्ड ऐश्वर्या रायको सधै चर्चा हुनेगर्छ । ऐश्वर्याको भर्खरै मात्र ‘पोन्निईन सेलवन’ फिल्मको सुटिङ तमिलनाडुमा सुरु भएको छ । यसैक्रममा ऐश्वर्याका केही तस्वीरहरु सामाजिक संजालमा भाइरल भएका छन् ।
बास्तवमा ऐश्वर्या पति अभिषेक बच्चन र छोरी आराध्याको साथमा को–स्टार सरथ कुमारको घरमा पुगेकी थिइन् । यसक्रममा केही तस्वीर शरथ कुमारको छोरी र कलाकार वरलक्ष्मीले आफ्नो इन्स्टाग्राममा शेयर गरेका हुन् । फोटोकै आधारमा सामाजिक संजाल प्रयोकर्ताहरुले ऐश्वर्या गर्भवती भएको आशंका गरिरहेका हुन् । तस्वीरमा ऐश्वर्याको तौल र हल्का पेट दुवै बढेको देखिन्छ । उनले पेटलाई हातले समेत छोपेको देखिन्छ । फ्यानहरुले दोस्रो पटक आमा बन्ने आशंका गर्दै प्रतिक्रिया दिइरहेका छन् ।
ऐश्वर्या र अभिषेकसँगको तस्वीर शेयर गर्दै वरलक्ष्मीले खुशी हुँदै लामो स्टाट्टस लेखेकी छिन् । तर, हालसम्म भने ऐश्वर्या गर्भवति भएको परिवारबाट कुनै आधिकारीक जानकारी आएको छैन् । २००७ मा अभिषेकसँग ऐश्वर्याको विवाह भएको थियो । दुवैको एक छोरी छिन् ।

सम्बन्धित समाचार
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


