फेरि लकडाउन हुनसक्ने, सरकारले बजायो खतराको घन्टी
१९ साउन । कोरोना भाइरसका संक्रमित संख्या ह्वात्तै बढेपछि सरकारले कडाई गर्ने भएको छ । चिकित्सक र विज्ञहरुले समेत बारम्बार तेस्रो लहर भयावह हुने भन्दै सजगता र पूर्वतयारीको सुझाव दिइरहँदा सरकारले पनि आज निषेधाज्ञा कडाई गर्ने संकेत गरेको छ ।
अस्पतालहरुमा विरामीको चाप बढेपछि स्थिति भयावह बन्ने देखिएको छ । योसँगै सरकारले स्वास्थ्य मापदण्ड अपनाउन कडाई गर्ने स्पष्ट पारेको छ । सभा सम्मेलन, धर्ना, जुलुर, गोष्ठी, र्याली जस्ता गतिविधि गर्नेलाई कारबाहीको चेतावनी दिएको छ ।
उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले कडाईका साथ निषेधाज्ञाको पालना गर्न भनेको छ । यसअघि स्वास्थ्य मन्त्रालयले पनि सूचना जारी गरी थप कडाई गर्नुपर्ने अवस्था आउने जनाइसकेको छ ।
अस्पतालमा कोरोना संक्रमितको चाप बढेपछि सरकारद्वारा निषेधाज्ञा उल्लंघन गर्नेलाई कारबाहीको चेतावनी
नेपालमा कोरोना भाइरसको तेस्रो लहरको खतरा समेत सरकारले औल्याइसकेको छ । नागरिकलाई बारम्बार सचेत हुन भनिरहेको छ । कोरोना संक्रमितको संख्या दिनहुँ बढी अस्पतालहरु भरिइरहँदा लकडाउन गर्नेतर्फ सरकारभित्र छलफल बढेकाले सम्भावना देखिएको छ ।
सम्बन्धित समाचार
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
नाइमा एक्स्पोमा मोर्बिडेली टी २५० एक्स सार्वजनिक, मूल्य ६ लाख २० हजार
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


