Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

‘क्यालिफोर्निया नेपाली साँझ २०१५’ ‘California Nepali Night 2015’

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, भाद्र, १९
‘क्यालिफोर्निया नेपाली साँझ २०१५’ ‘California Nepali Night 2015’

आदर्णीय साथीहरु नमस्कार |

नेपालीहरुको माहान चाड दशैं को शुभ अवसरमा नेपाली युवाहरुको अन्तराष्ट्रिय सञ्जाल ‘द ह्वाइट जोन’ ले भुकम्प पुन निर्माणमा सहयोगार्थ लोकप्रिय कलाकारहरु पप गाईका आस्था राउत,हास्य व्यंग्यकार मनोज गजुरेल,लोक गायक लोकेन्द्र बि क ,रत्न वराइलि युवा गाईका निक्की कार्की तथा अन्य कलाकार हरुको विशेष आतित्थ्यमा ‘क्यालिफोर्निया नेपाली साँझ’ आयोजना गरियको हुदा सम्पूर्ण महानुभाव हरुलाई उक्त कार्यक्रममा आउनुहुनको लागि हार्दिक निमन्त्रणा गर्दछौ |

उक्त कार्यक्रम लाइ भब्य रुपमा संचालन गर्नको लागि संस्थाका सल्लहकार श्री श्रीराम थापा संयोजक तथा आजीवन सदस्य धुर्व कुवर सह-संयोजक को नेत्त्रित्व मा १५ सदस्य कार्यक्रम व्यवस्थापन समिति गठन गरियको छ | कार्यक्रम अक्टुवर ११,२०१५ आइतवार साँझ ६ बजे देखि राती २ बजे सम्म (क्यालिफोर्निया बालरुम)1736 Franklin St Suite 300, Oakland, California 94612 मा हुनेछ | टिकट दर अन लाइन तथा अग्रिम बुकिङ्ग को लागि $ २० र सोहि दिन गेटमा $२५ मा लिन सकिने छ| साथै खरिद गरेर खान तथा ड्रिंक्स लिन सकिनेछ |

विगत लामो समय देखि यस संस्थाले विभिन ठाउमा उदारणीय सामाजिक कार्य गर्दै आइरहेको कुरा सबैलाई थाह नै छ |यस पटक पनि उठेको रकम नेपालको भुकम्प पुन निर्माणमा लगाउने छौ |तपाइको सानो सहयोले हामी ठुलो कार्य गर्न सक्छौ| तपाइको सल्लाह,सहयोग र सह-कार्यको लागि सवैमा हार्दिक अनुरोध गर्दछौ |

‘द ह्वाइट जोन’ परिवार
www.thewhitezone.org

अक्टुबर ११,२०१५ आइतवारका दिन
क्यालिफोर्निया वालरुम
स्थान (1736 Franklin St, Oakland,) CA,USA
सुयाश अधिकारी
महा सचिव
‘द ह्वाइट जोन, क्यालिफोर्निया

naima expoTop Changing Nepal

युट्युब सट्स