विराटनगरमा राष्ट्रिय क्रिकेटर सिद्धान्त सम्मानित
बिराटनगर, भदौ २५, विराटनगर संवाददाता
नेपाली राष्ट्रीय क्रिकेट टिममा छनौट भइ पहिलो खेलमा नै उत्कृष्ठ प्रदर्शन गरि प्रसिध्दि कमाएका विराटनगरका युवा सिद्धान्त लोहनीलाइ युवा अम्बास्डर २०१५ अवार्डले सम्मान गरिएको छ । आवर विराटनगर डट नेटले यहाँका युवाहरु बिचमा राखेको युवासँग सिद्धान्त “अवार्ड टु सिद्धान्त लोहनि” कार्यक्रममा लोहनी लाइ आवर विराटनगरका निर्देशक विवेक दाहालले प्रमाण पत्र प्रदानगरि सम्मान गरेको हो । कार्यक्रममा क्रिकेटर लोहनीले आफ्नो कथा युवाहरुलाइ सुनाएका थिए । विराटनगरमा गल्ली क्रिकेट खेल्दै हुर्किएका ठिटो कसरी राष्ट्रीय क्रिकेट टिममा छनौट भइपहिलो खेलबाट नै देशविदेशमा चर्चित हुन सफल भयो भन्ने कथा लोहनीले सुनाइरहँदा सहभागी युवाहरुले ताली बजाएर उनको सफलताप्रति सम्मानव्यक्त गरेकाथिए ।
लोहनीले आगामीदिनमा क्रिकेटलाइ निरन्तरता दिने र यसैमा आफ्नो भविष्य देखेको बताए । उनले भने “सबैले क्रिकेटमा भविष्य छ र भनेर सोध्ने गर्छन तर विस्तारै नेपाली क्रिकेटमा पनि करियरको रुपमा सेट हुँदै गएको छ” ।विराटनगरको कंचनजंगा पार्टि प्यालेसमा आयोजनाभएको कार्यक्रम लाइ युथ फर ब्लड, क्रिएटिभ आई, मेरिल्याण्ड बिबिए, विराट कलेज फर प्रोफेस्नल स्टडिज र कल्पले सघाएका थिए । कार्यक्रमको संचालन ज्वाला दाहालले गरेकि थिइन् ।
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


