कार्यकारी राष्ट्रपति र राजा राख्ने प्रस्ताव प्रस्ताव स्विकृत भएन
संविधानसभाले प्रत्यक्ष निवार्चित कार्यकारी राष्ट्रपति र संबैधानिक राजतन्त्रको प्रस्ताव अस्वीकृत गरेको छ ।
विधयेकको धारा ६२ मा रहेको संसदबाट निर्वाचित प्रधानमन्त्री सम्बन्धी ब्यवस्थामा प्रत्यक्ष कार्यकारी राष्ट्रपति हुनु पर्ने भनि नेमकिपाका सभासद डिल्लीप्रसाद काफ्ले र सभासद श्याम श्रेष्ठलेराखेको प्रस्ताव बहुमतले अस्विकृत भएको हो ।
एमाओवादीले सो ब्यवस्थामा फरक मत राखेको छ ।
त्यस्तै संविधानको धारा ६१ मा राप्रपा नेपालका अध्यक्ष कमल थापाले संशोधन राखेका थिए । थापाले राखेको संशोधनमा राष्ट्रपति र उपराष्ट्रपति रहने प्रस्तावित व्यवस्था हटाएर राजसंस्था राख्नुपर्ने उल्लेख थियो । थापाको संशोधन प्रस्ताव बैठकले अस्वीकृत गरेको छ । थापाले मत विभाजन गर्न माग गरे का थिए ।
सभाध्यक्ष सुवास नेम्वाङले नियमावलीअनुसार १० प्रतिशत सदस्यको समर्थन देखाउन आग्रह गरे । तर, थापाको पक्षमा २५ सभासद मात्र उभिए । जुन मतविभाजनका लागि पर्याप्त भएन र संविधानसभाले राजसंस्था राख्नुपर्ने राप्रपा नेपालको प्रस्ताव अस्वीकृत भयो ।
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


