Jankari Kendra
२७ श्रावण २०८३, बुधबार
Worldlink

यी क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अपिल

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७८, आश्विन, २
यी क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अपिल

ललितपुर। देशभर हाल मनसुनी वायुको सक्रिय प्रभाव तथा तराई भू–भाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले देशभर सामान्यदेखि पूर्ण बदली रहनुका साथै अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश नं १, २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एकरदुई स्थानमा वर्षा भइरहेको छ ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै प्रदेश नं १, २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

यस्तै प्रदेश नं २ र बागमती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उक्त प्रदेशका पहाडी भेगमा भू–क्षय, पहिराको जोखिम तथा नदीनाला र खहरे खोलामा पानीको सतह बढन्सक्ने भएकालै दैनिक जीवनरयतायात क्षेत्र प्रभावित हुनसक्ने भएकाले आवश्यक सचेतना अपनाउन सबैमा अनुरोध गरेको छ ।

दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं १, २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । रातिको समयमा पनि यही मौसमी प्रणाली कायम रहनेछ । आज काठमाडौँ उपत्यकामा बिहानैदैखि निरन्तर वर्षा भइरहेको छ ।

महाशाखाले जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन अनुसार दिउँसो प्रदेश नं १, २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । रातिको समयमा पनि यही मौसमी प्रणाली कायम रहनेछ ।

आइतबार पनि देशभार सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं १, २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कतिपय स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना छ । आज काठमाडौँको अधिकतम २३ दशमलव ४ र न्यूनतम तापक्रम १९ दशमलव ४ डिग्रि सेल्सियस रहेको छ ।

काठमाडौँ उपत्यकामा गएराति देखिनै निरन्तर वर्षा भइरहेको छ । महाशाखाको पछिल्लो विवरणमा काठमाडौँमा ४६ मिलिमिटर वर्षा भएको छ । शुक्रबार ४० मिलिमिटर वर्षा मापन गरिएको थियो । सबैभन्दा धेरै विराटनगरमा ८५, सिमरामा ५१, भैरहवामा ५७, तप्लेजुङ ४५ र ओखलढुङ्गामा ४० मिलिमिटर वर्षा भएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स