सार्वजनिक सवारीको भाडा आजदेखि बढ्यो
जानकारी केन्द्र
२०७८, कार्तिक, १
१ कार्तिक, काठमाडौं। बाग्मती प्रदेश सरकारले बढाएको सार्वजनिक सवारी साधनको भाडा आजदेखि लागू भएको छ। प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले आजदेखि लागू हुने गरी नयाँ भाडादर तोकेको हो । जसअनुसार अब काठमाडौं उपत्यकामा सार्वजनिक यातायात चढ्नासाथ १८ रुपैयाँ भाडा तिर्नुपर्नेछ । यो भाडादर ५ किलोमिटरसम्म लागू हुनेछ ।
यस्तै १० किमिसम्म २३ रुपैयाँ, १५ किमिसम्म २७ रुपैयाँ, २० किमिसम्म ३० रुपैयाँ र २० किमिभन्दा माथि ३५ रुपैयाँ भाडा लाग्नेछ । यस्तै उपत्यका बाहेक साबिकको भाडादरमा प्रतिशत वृद्धि गरिएको छ । यो भाडादरमा यात्राले १५ केजीसम्म निःशुल्क र त्यसमाथि १० केजीसम्म प्रतिकेजी ५ रुपैयाँका दरले सरसामान वा गुन्टा लैजान पाउनेछन् ।
सम्बन्धित समाचार
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
माउन्ट एभरेष्ट पावरको ८६ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत
पहिरोले १४ मेगावटको घारखोला पावर हाउसमा क्षति
एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
डिजिटल रूपैयाँको अवधारणा सार्वजनिक, ५ वर्षमा नोट छपाइ ५० प्रतिशत घटाउने लक्ष्य
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट


