मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीमा र मध्य भारतमा रहेको न्यून चापीय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको छ । उत्तरतिर सर्दै गरेको न्युन चापीय प्रणालीहरुका कारण नेपालमा वर्षा भएको छ ।
प्रदेश १, २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरुका साथै बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । देशका केही स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको उल्लेख छ ।


