Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

कन्ये च्याउ खेती प्रविधि

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७८, कार्तिक, ३
कन्ये च्याउ खेती प्रविधि

मानवले आफ्नो जीवनमा पौष्टिक आहारका रूपमा विभिन्न खाद्य पदार्थको सेवन गर्छ जसले उसमा शारीरिक तथा मानसिक विकासका निम्ति मद्दत गर्ने गर्छ।त्यसमा च्याउलाई पनि एक अमृत रूपी पोषिलो आहार का रूपमा लिन सकिन्छ।च्याउ एक नाङ्गो आँखाले देख्न सकिने ढुसी हो,जुन एक स्वादिष्ट तथा फाइदाजनक खाद्य पदार्थमा परिवर्तित भई एक अमूल्य स्थान हासिल गरेको छ।यो छिटो भन्दा छिटो तयार हुने र यसको अत्यन्तै राम्रो आम्दानी हुने भएका कारण नेपालमा च्याउ खेती वर्तमान सन्दर्भमा उत्कृष्ट व्यवसायका रूपमा पनि परिचित भएको छ।

नेपालमा भने च्याउ खेतीको सुरुवात व्यवसायीक रूपमा १९७६ मा भएको हो। त्यसमा पनि कन्ये च्याउ अजै बढी लोकप्रिय भएको मानिन्छ।कन्ये च्याउ लाई वैज्ञानिक भाषामा प्लुरोटस मसरूम पनि भन्ने गरिन्छ।नेपालमा च्याउका विभिन्न जातहरु मध्य कन्ये च्याउ छिटो, छरितो,र धेरै पटक सम्म उत्पादन गर्न सकिने र यसले थोरै लगानीमा नै राम्रो आम्दानी दिने भएका कारण व्यवसायीक रूपमा बढी फस्टाएको मानिन्छ। कन्ये च्याउ खेती प्रायः तराई तथा पहाडी भागमा चिसो मौसम को बेलामा गर्ने गरिन्छ। च्याउमा भिटामिन बी कम्प्लेक्स,भिटामिन सी का साथै आइरन, फस्फोरस, पोटासियम,सोडियम जस्ता अत्यावस्यक तत्व हरु पाइने भएका कारण यसलाई पौष्टिक आहारका रूपमा बढी भन्दा बढी सेवन गर्ने गरिन्छ। त्यसका साथसाथै यो रक्त कोिषका का निम्ति पनि लाभदायक र यसले पाचन क्रियालाई पनि सक्रिय राख्न मद्दत गर्ने गर्दछ। यसका साथै च्याउ छालाको निम्ति पनि अत्यन्तै राम्रो रहेको पाइन्छ। यसमा बढी भन्दा बढी फाइबर,२०-३०% प्रोटीन तथा ५-६% कार्बोहाइड्रेट पाइने गर्छ।

कन्ये च्याउ का लागि उत्तम वातावरण आवश्यक पर्ने भएका कारण यसलाई २० देखि ३० डिग्री सेल्सीयस को तापक्रम मा उत्पादन गर्नु पर्ने हुन्छ।र सापेक्षित आद्रता भने ७०-८०% ले स्थापित गर्नु पर्ने हुन्छ। यसको उत्पादन पराल,मकैको डाँठ ,तोरीको गट्टे ,अथवा गहुँको भुसमा पनि गर्न सकिन्छ।नेपालमा भने प्रायः परालमै यसको उत्पादन गर्ने गरीन्छ। र यसको राम्रो फल पाउन का निम्ति स्पन९अर्थात च्याउ को बीउ०पनि गुणस्तरीय हुन जरूरी हुन्छ।

कन्ये च्याउ उत्पादनका प्रक्रिया यस प्रकार रहेका छन् :
१. सर्वप्रथम त पराल धेरै पुरानो लिनु हुँदैन । नयाँ पराल लिगी त्यसलाई २-३ इन्च सम्म टुक्रा टुक्रा पार्ने,
२. काटेको पराललाई राम्रो सँग पानीमा २-४ घण्टा अथवा रातभरि पानीमा भिजाउने,
३. भिजाएको पराल लाई राम्रो सँग सफा गरी, पानी तारे पछि मेटालिक ड्रम लिने र ६ इन्च सम्म पानी हाल्ने,
४. पानी हालिसके पछि त्यसको सतह कायम राख्न तल बाट इट्टा राख्न सकिन्छ र त्यति गरिसकेपछि पानी उमाल्ने र त्यसमाथि बाट काटेको पराल हालिदिने,
५. पराल हालिसकेपछि ड्रम को माथि बाट प्लास्टिक शीट ले त्यसलाई बेस्सरी बाँधिदिने र त्यसलाई १ देखि २ घण्टा सम्म बफाई राख्ने जसले गर्दा बाफ माथि सम्म पुगोस् ।बाफ माथी पुगिसकेपछि पनि अजैआधी घण्टा सम्म त्यसलाई बफाई राख्ने जसले गर्दा त्यो पूर्ण रुपमा किटाणु मुक्त होस्,
६. सो क्रममा तापक्रम लगभग ६०° पुग्न जान्छ र अब त्यो पराल निकाली त्यसलाई सेलाउन दिने र त्यसलाई प्लास्टिक मा राख्ने,
७. पराल लाई प्लास्टिक मा राख्दा ३ देखि ४ पत्र मा बाँड्नु पर्छ र हरेक को दूरी लगभग ३ देखि ४ इन्च को बराबरी मा हुनु पर्दछ,अब त्यो पत्र को छेउ छेउ मा स्पन राख्दै जानु पर्छ र सबै भन्दा माथिको भागमा छर्नु पर्दछ।यो गर्दा पराल लाई प्लास्टिक बाहिरै बाट राम्रो सँग खादेको हुनुपर्छ,
८. त्यसपछि त्यसमा सानो सानो दुलो पारी त्यो प्याक लाई २० – २१ दिन सम्म अध्यारो कोठामा राख्नु पर्छ र जब mycellium (ढुसी) ले त्यसलाई पुरै ढाक्छ तब त्यसमा ब्लेड ले ३-४ ठाउँ बाट काटीपानीदिराख्नु पर्दछ,र त्यसको लगभग ३० दिनमा च्याउ खानाको लागि योग्य हुन्छ र त्यसलाई २- ३ चोटी सम्म ब्लेड ले काटी उपभोग गर्न सकिन्छ।

च्याउ खेती सजिलो र छरितो भएता पनि विभिन्न रोग तथा समस्या हरु पनि देखिने गर्छन।जस्तै यसमा मुसाको एकदम समस्या देखिने भएका कारण यसलाई माथि पट्टि झुण्डाएर राख्न सकिन्छ। बढी गुम्सिएको र राम्रो हावा नपाएका कारण ग्रीन मोल्ड रोग देखिएका कारण mycellium भरिएपछि यसलाई खुला हावा र उज्यालो दिनु जरुरी हुन्छ। यसका साथसाथै यसको उत्पादन गर्दा प्रयोग मा आएका सबै सामग्री हरु sterilized (जीवाणु रहित) हुनु सबै भन्दा बढी जरुरी हुन्छ र त्यसको साथै बीउ को छनोट पनि राम्रो गर्न अतिआवश्यक रहेको हुन्छ।

यो विधि हरु अपनाइयो भने हामी पूर्ण रूपले कन्ये च्याउ खेती गर्न सक्षम साबित हुन्छौ।

naima expoTop Changing Nepal

युट्युब सट्स