प्रहरीको रासन भत्ता वृद्धि हुँदै, अब कसले कति पाउँछन् ?
ठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरीको राशन भत्ता वृद्धि हुने भएको छ । गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासन भत्तामा १५ प्रतिशत वृद्धि गर्न भएको हो । आगामी मन्त्रिपरिषद् बैठकमा पेस गर्न गृहमन्त्री बालकृष्ण खाडले रासन भत्ता वृद्धिसम्बन्धी फाइल स्वीकृत गरेका गृह मन्त्रालयले जनाएको छ ।
आर्थिक वर्ष ०७८/७९ को बजेट वक्तव्यको बुँदा नम्बर ३९२ मा उल्लेखित १५ प्रतिशत वृद्धि भएको रासन रकम उपलब्ध गराउने तयारी गृह मन्त्रालयले गरेको हो । बजेटमा व्यवस्था गरिएअनुसार कार्यान्वयनमा लगिने छ ।
मन्त्रालयका अनुसार मन्त्रिपरिषद् बैठकले निर्णय गरेपछि गत साउन १ गतेदेखि नै नेपाल प्रहरी र सशस्त्र प्रहरीले वृद्धि भएको रासन भत्ता पाउने छन् । सरकारले जिल्लाको दररेट र भौगोलिक क्षेत्रका आधारमा भत्ताको रकम निर्धारण गर्दै आएको छ । नेपाल प्रहरीको सङ्ख्या ७३ हजार छ भने सशस्त्र प्रहरीको सङ्ख्या करिब ३५ हजार रहेको छ ।
एउटा सिपाहीले कम्तीमा चार हजार रुपियाँदेखि बढीमा १२ हजार रुपियाँसम्म रासन भत्ता पाउँदै आएका छन् । अब १५ प्रतिशत थप हुनेछ । काठमाडौँमा कम्तीमा चार हजार रासन भत्ता छ भने दुर्गम तथा हिमाली जिल्लाहरूमा बढीमा १५ हजार रुपियाँसम्म रासन भत्ता दिइन्छ ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


