कति पर्छ मखमलीको माला को मुल्य ?
यस वर्षको तिहारमा मखमली फूलको मालाको खुद्रा मूल्य १ सय रुपैयाँसम्म पर्ने भएको छ । कोरोना महामारी र पछिल्लो समय परेकोे बेमौसमी वर्षात्ले फूलखेती प्रभावित भएको छ । यसले आन्तरिक उत्पादन घटेकाले मालाको मूल्य बढ्ने भएको हो ।
फ्लोरिकल्चर एशोसिएशन अफ नेपालका अनुसार मखमली फूलको १ मिटरसम्म लम्बाइको मालाको खुद्रा मूल्य गतवर्षको भन्दा २० रुपैयाँले बढेर १ सयसम्म पुग्ने अनुमान गरिएको छ । मालाको लम्बाइ अनुसार त्यसको मूल्य निर्धारण हुने गर्दछ । गतवर्ष मखमली पूmलको मालाको खुद्रा मूल्य ८० रुपैयाँ थियो ।
केही दिनअघि परेको पानीले फूलखेतीमा ३० देखि ३५ प्रतिशतसम्म क्षति पुगेको एशोसिएशनको प्रारम्भिक तथ्यांक छ । त्यसैगरी कोरोना महामारीका कारण करीब २२ प्रतिशत पुष्प व्यवसायी पलायन हुँदा समग्र फूलखेतीमा कमी आएकोे बताइएको छ । चितवन, रूपन्देही, नवलपरासी, दाङ, काठमाडौं, धादिङ, नुवाकोट, काभ्रेपलाञ्चोक लगायत जिल्लामा लगाइएको फूलखेतीमा वर्षात्ले धेरै क्षति पुर्याएको एशोसिएशनका महासचिव विश्वमणि पोखरेलले बताए ।
यद्यपि तिहारमा खपत हुने मखमली फूलको ८५ प्रतिशत माग आन्तरिक उत्पादनले धान्ने र बाँकी १५ प्रतिशत माग फूल आयातपछि पूर्ति हुने उनले बताए । गतवर्षको तुलनामा मालाको मूल्य बढे तापनि यस वर्षको तिहारमा देशभर करीब साढे १८ लाख मालाको खपत हुने अनुमान गरिएको एशोसिएशनले बताएको छ, जसमध्ये १५ लाख सयपत्री, ३ लाख मखमली, १५ हजार गोदावरी फूलको माला खपत हुने अनुमान गरिएको छ ।
करीब ६ अर्ब रुपैयाँ लगानी रहेको पुष्प व्यवसाय ४३ जिल्लामा फैलिएको छ । ७ सय व्यवसायीसहित करीब ४० हजारभन्दा धेरैले यस क्षेत्रमा रोजगारी पाएका छन् । आर्थिक अभियान दैनिकबाट
सम्बन्धित समाचार
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
माउन्ट एभरेष्ट पावरको ८६ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत
पहिरोले १४ मेगावटको घारखोला पावर हाउसमा क्षति
एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
डिजिटल रूपैयाँको अवधारणा सार्वजनिक, ५ वर्षमा नोट छपाइ ५० प्रतिशत घटाउने लक्ष्य
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


