संसारकै अनौठो फूल जसमा कहिल्यै भमरा बस्दैन !
फूल भन्ने बित्तिकै बासना र सुन्दरताको संगम भन्ने बुझिन्छ । हाम्रो आसपास समेत कैयन् खालका फूलका विरुवा हुन्छन् जुन सुन्दर हुन्छन् । फूल हेरेपछि आँखालाई अलग्गै खालको शीतलता प्राप्त हुन्छ र थकान पनि भाग्दछ । वास्तवमा फूल केवल मानिसलाई मनपर्ने मात्र होइन अन्य जीवलाई पनि निकै लाभदायी हुन्छ ।
मौरी, पुतली, भमरा लगायतका किराहरुको लागि त फूल खानाको मूख्य श्रोत नै हो । त्यसैले ढकमक्क फूलेको फूलमा मौरी, पुतली तथा भमराहरु झुम्मिएको देखिन्छ । तर संसारमा एउटा यस्तो फूल छ जसमा कहिल्यै पनि भमरा लगायतका यी किराहरु बस्दैनन् । कहिल्यै पनि भमरा नबस्ने फूल चम्पा हो । यो फूलबाट विशेष खालको गन्ध निस्किन्छ साथै फूलमा पराग पनि हुँदैन । त्यसैले भमराहरु यो फूलको नजिकसम्म पनि आउँदैनन् । भमरा मात्र होइन पुतली र मौरी लगायतका किराहरु पनि यो फूलमा आउँदैनन् ।
चम्पा फूलको विशेषता के भने यसको रुख सधै हराभरा हन्छ । फूल हल्का सेतो पहेँलो रंगको र सुगन्धित हुन्छ । यो फूल प्रायः हिन्दु संस्कार अन्तरर्गत पुजाहरुमा प्रयोग गरिन्छ । चम्पाको फूलको तेल तथा अत्तरहरु पनि बनाइन्छ । यसको फूल र रुखको उपयोग औषधि बनाउन पनि प्रयोग हुन्छ । चम्पाको बोट वास्तुको दृष्टिले पनि सौभाग्यको प्रतीक मानिन्छ । एजेन्सीको सहयोगमा
सम्बन्धित समाचार
आज हरिशयनी एकादशी : चतुर्मासा व्रत सुरु, बिष्णु र लक्ष्मीको आराधनाले मिल्नेछ शान्ति
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय
मोबाइल-कम्प्युटर धेरै चलाउनुहुन्छ ? आँखा जोगाउन ‘२०-२०-२०’ नियमबारे अवश्य जान्नुहोस्
बर्षायाममा छालालाई सुन्दर र चम्किलो बनाउन अपनाउनुहोस् यी उपाय
भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


