मङ्सिर ०९ गते विहिवार , यस्तो छ तपाईको राशिफल
मेष–प्रेम र मित्रताको बन्धन कसिने दिन छ, विभिन्न सहयोग र उपहार पाइनेछ, यात्राको पनि योग रहेको छ । काम बन्नाले मन रमाउने छ । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । धन कमाउने योग छ तथा फलिफाव हुने दिन छ । पशुधनबाट प्रशस्त फाइदा हुने देखिन्छ ।
वृष–परोपकारकारका क्षेत्रमा मन आकर्षित हुनेछ, मिष्ठान्न भोजनको अवसर आउने छ भने मित्रजन संग पनि भेटघाट होला । व्यापारबाट राम्रै आम्दानी हुनसक्छ । नसोचेको काम बन्ने छ, प्रियसाथीसंग पनि भेटघाट होला । काम बन्नाले सुखको अनुभव हुन्छ । नोकरीमा दिन सामान्य रहला ।
मिथुन–भौतिक साधनको क्षतिले अनावश्यक धन नाश होला, सवारीसाधन चलाउदा विचार पुर्याएर मात्र चलाउनु होला । खानामा सचेत रहनु पर्ने दिन छ । अनावस्यक झमेलामा परिएला, यात्राको क्रममा सावधान रहनु होला । काममा समस्या देखिएला । अनेक किसिमका झमेला मा परिएला ।
कर्कट–आज तपाइको धनजनमा बृद्धि भइ कसैबाट समर्थन पाइएला, ठुला ब्यक्तिसंग पनि भेटघाट हुन सक्छ । काम रोकिए पनि अप्ठ्यारोमा साथ दिनेहरू भेटिनेछन्, अन्नलाभ होला, अनौठो खबर सुन्न पाइएला । तपाइको आफ्नो विचारले धेरैलाई आकर्षण गर्ने समय छ ।
सिंह–कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ, पुराना कामहरु आज नै सम्पन्न हुन सक्ने दिन रहेको छ । आयआर्जन हुने दिन छ , यात्राको संभावना छ, नउठ्ने पैसा उठेर मनमा कता कता हर्ष छाउनेछ । अनौठो तरिकाले कमाइ भइ मन खुशी बन्ला, टाढाको यात्राको पनि योग रहेको छ । ।
कन्या–आज कुनै पनि नयाँ काम नथाल्नु होला, टाढाको यात्रा हुने दिन छ, लेनदेको काम पनि नगरेकै बेश होला ।घरमा पाहुना आगमनको दिन छ, धनको लाभ होला । साथै रमाइलो यात्राको पनि योग रहेको छ । टाढाको यात्रा गर्ने योजनामा हुनुहुन्छ भने केही दिनका लागि स्थगित गर्नु बेस हुनेछ ।
तुला–स्वास्थ्यका लागि खानामा ध्यान पुर्याउनुहोला, धनको नाश हुन सक्छ, साथै प्रेममा पनि धोका होला । सानातिना काममा महत्वपूर्ण समय बित्नेछ । सहयोगीहरूको साथ दिए पनि काम पूरा नहुने समय छ । गरेका कामबाट ठूलो उपलब्धी लिन सकिंदैन, समयको ब्यर्थ नाश होला ।
वृश्चिक–काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ, मन हर्षित रहला । आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ, स्वास्थ्य कमजोर छ, सोचेको काम समयमै सम्पन्न नहोला । अवसरको खोजीमा केही दौडधूप गर्नुपर्ला, अनावश्यक यात्राको योग छ ।
धनु–कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला । परिवारजनका इच्छा पूरा गर्न सकिनेछ । पढाइमा सफलता पाउने तथा धर्ममा रुचि बढनेछ । माता पितासंगको भेटघाटले मनमा हर्ष उल्लास छाउनेछ । श्रद्धा र परोपकारमा मन जानेछ । स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ ।
मकर–विपरित लिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित हुने योग छ, काम गर्नमा थप जांगर थपिने देखिन्छ । पैसो कमाउने योग छ । पारिवारिक सुख मिल्ने दिन छ भने ब्यापारमा पनि फाइदाकै योग रहेको देखिन्छ । दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । साथै पैसा कमाइने छ ।
कुम्भ–शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ, तर सफलता भने प्राप्त हुने छैन, ब्यर्थै समयको नाश होला । मनमा उदासिन्ता बढने काममा अवरोध सिर्जना गर्नेहरु सकृय हुनेछन विस्वास गरेकाले धोका दिेनेछन । बिहान काम बन्नेछ बेलुका सामान्य तनाब होला । इष्टमित्रहरुसँग असमझदारी बढ्न सक्छ ।
मीन–मनमा दुबिधा रहन सक्ने दिन छ । सामाजिक काममा नाम रहने छ, जागिरमा भने सजक रहनु होला । स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ, मान सम्मान पनि पाउन सकिन्छ । पेशागत रुपमा समस्या देखिन सक्छ । केहि सुख केहि दुख हुनेछ ।
सम्बन्धित समाचार
२०८३ साउन ३० गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २९ गते शुक्रवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
साउनको अन्तिम सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो
ट्रेन्डिङ
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन


