७२.३० अंकले घट्यो शेयर बजार
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा गरेको त्रैमासिक समिक्षापछि ओरालो यात्रा शुरु गरेको शेयर बजार परिसूचक नेप्से साताको पहिलो दिन नै घटेको छ । आइतबार बजार ७२.३० अंकले घट्दै २५१३.८८ विन्दुमा रोकियो ।
बजार बिहीबारको तुलनामा २.८० प्रतिशतले ओरालो लागेको हो । बजार राताम्य भएसँगै कारोबार रकम समेत खुम्चिएको छ । आइतबार कुल २२६ कम्पनीको ६० हजार ८८ पटक कारोबार भयो । यस कारोबारबाट ८९ लाख २० हजार ८ सय ९४ कित्ता शेयर किनबेच भएको छ ।
आइतबार कारोबार रकम ४ अर्ब ९ करोड ७ लाख ६५ हजार ३ सय २५ मात्र रह्यो । आइतबार सबै समूहको परिसूचक ओरालो लाग्यो । यसमध्ये वित्त, व्यापार, लगानीसहितका क्षेत्रमा रहेका कम्पनीको मूल्यमा सबैभन्दा धेरै घटुवा भयो ।
घट्दो बजारमा समेत आइतबार न्यादी हाइड्रोपावरका लगानीकर्ता भने मालामाल भए । यो कम्पनीको मूल्य सबैभन्दा बढी १० प्रतिशतले बढ्यो । यसबाहेक नयाँ सारथी लघुवित्त, मैलुङ खोला जलविद्युत, यूनिलिभर नेपाल, नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले बढी कमाए ।
आइतबार आईसीएफसी, सबैको लघुवित्त, ग्रिन डेभलपमेन्ट बैंक, पन्चकन्या माइ हाइड्रोलगायत कम्पनीका लगानीकर्ताले भने बढी गुमाएका छन् । आइतबार नेशनल हाइड्रो पावर कम्पनीको सबैभन्दा बढी कारोबार भयो ।
सम्बन्धित समाचार
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
माउन्ट एभरेष्ट पावरको ८६ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत
पहिरोले १४ मेगावटको घारखोला पावर हाउसमा क्षति
एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
डिजिटल रूपैयाँको अवधारणा सार्वजनिक, ५ वर्षमा नोट छपाइ ५० प्रतिशत घटाउने लक्ष्य
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


