नेप्से परिसूचक ३२.२२ अंकले वृद्धि
दुई सातादेखि निरन्तर रुपमा गिरावट आएको सेयर बजार मापक नेप्से परिसूचक सोमबार ३२ अंकले सुधार देखिएको छ । आज दिनभरी उतार चढावका बीच नेप्से परिसूचक ३२.२२ अंकले वृद्धि भएर २ हजार ५४६.०८ अंक पुगेको छ । आइतबार नेप्से परिसूचक ७२.३२ अंकले घटेर २ हजार ५१३.८७ अंकमा झरेको थियो ।
आज कारोबारमा आएका २२७ कम्पनीको ९४ लाख ७१ हजार ३११ कित्ता सेयर ४ अर्ब ५४ करोड २३ लाख ४५ हजार २७१ रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबारको तुलनामा कारोबार रकम पनि वृद्धि भएको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.६१ प्रतिशत, फ्लोट इण्डेक्स १.३४ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५९ प्रतिशत वृद्धि भएको छ ।
आइतबार १३ वटै उपसमूहको परिसूचकमा गिरावट नेप्से सोमबार भने सबै उपसमूहमा हरियाली छाएको छ । जसमध्ये विकास बैंक उपसमूहको परिसूचक सबैभन्दा बढी ३.४५ प्रतिशतले बढेको छ । त्यस्तै, जलविद्युत २.८८, फाइनान्स २.५४,अन्य उपसमूह १.६१, होटल तथा पर्यटन १.३९, माइक्रो फाइनान्स १.३५, व्यापार ०.१५, बैंकिङ्ग ०.७६, निर्जीवन बीमा ०.२३ , उत्पादन तथा प्रशोधन १.०६ र जीवन बीमा उपसमूहको परिसूचक ०.९२ प्रतिशतले बढेको छ ।
आजको कारोबारमा मेरो माइक्रोफाइनान्स वित्तीय संस्था र एक्सेल डेभलपमेन्ट बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । मेरो लघुवित्तको सेयरमूल्य १०५ रुपैयाँ २० पैसा बढेर १ हजार १५७ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ । त्यस्तै, एक्सेल डेभलपमेन्ट बैंकको सेयरमूल्य ९.५५ प्रतिशत र साहस उर्जाको ८.१७ प्रतिशत , महुली सामुदायिक र बोटलर्स नेपाल तराईको सेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ। तर, जनउत्थान सामुदायिक लघुवित्तको सेयरमूल्य सबैभन्दा बढी ६.८८ प्रतिशत घटेको छ।
आज सबैभन्दा बढी १७ करोड १५ लाख ९३ हजार रुपैयाँ नबिल बैंकको कारोबार भएको छ । कारोबारकै आधारमा दोस्रो स्थानमा रहेको नेशनल हाइड्रोपावर कम्पनीको १५ करोड ३२ लाख १५ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।
सम्बन्धित समाचार
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
माउन्ट एभरेष्ट पावरको ८६ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत
पहिरोले १४ मेगावटको घारखोला पावर हाउसमा क्षति
एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
डिजिटल रूपैयाँको अवधारणा सार्वजनिक, ५ वर्षमा नोट छपाइ ५० प्रतिशत घटाउने लक्ष्य
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
नाइमा एक्स्पोमा मोर्बिडेली टी २५० एक्स सार्वजनिक, मूल्य ६ लाख २० हजार


