ओमिक्रोन भेरियन्ट छिटो फैलिने, तर कम खतरनाक
एजेन्सी । कोरोना भाइरसको पछिल्लो नयाँ भेरियन्ट ओमिक्रोन अन्य भेरियन्टहरू भन्दा निकै छिटो फैलिने भए पनि यसका लक्षण सामान्य मात्र हुने खुशीको खबर दक्षिण अफ्रिकामा सार्वजनिक भएका पछिल्ला प्रतिवेदनहरूमा जनाइएको छ । अहिलेसम्म ओमिक्रोन भेरियन्ट विश्वका ३८ वटा भन्दा बढी मुलुक र संयुक्त राज्य अमेरिकाका एक तिहाइ भागमामा देखा परिसकेका छन् ।
हालसम्म गरिएका अध्ययनले पुरा डोज खोप लिइसकेकाहरूलाई केही समयका लागि मात्र ओमिक्रोन संक्रमण हुने जनाएको छ । साथै खोप लगाएका मानिसहरूबाट भन्दा नलगाएकाहरूबाट धेरै मात्रामा यो भेरियन्ट सर्नसक्ने पनि नयाँ अनुसन्धानबाट पत्ता लागेको छ ।
यसैगरी खोप लगाइसकेकाहरूको आफ्नो स्वास्थ्य प्रणालीबाट कोभिड-१९ को भाइरस औसत साढे पाँच दिनमा समाप्त हुन सक्ने तर सोही कुरा खोप नलगाएकाहरूका लागि साढे सात दिन लाग्ने बताइएको छ । चीनको हुवेइ प्रान्तको उहान शहरमा पहिलोपटक देखा परेको कोरोना भाइरस संक्रमणका कारण विश्वमा लाखौं मानिसले अकालमा ज्यान गुमाइसकेका छन् ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नारायणी अस्पताल घटनाको विरोधमा रौतहटमा पनि चिकित्सकको आन्दोलन
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
मुटुको धड्कन बन्द भएको ४० घण्टापछि चीनियाँ नागरिक जिबितै
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


