Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

भोलि र पर्सी थप २१ लाख ७६ हजार डोज जोन्सन एन्ड जोन्सन खोप आउँदै

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७८, मंसिर, २९
भोलि र पर्सी थप २१ लाख ७६ हजार डोज जोन्सन एन्ड जोन्सन खोप आउँदै

भोलि र पर्सी गरी करिब २२ लाख डोज कोरोना विरुद्धको खोप जोन्स एन्ड जोन्सन नेपाल आउने भएको छ। स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले भोलि र पर्सी गरी २१ लाख ७६ हजार डोज जोन्सन एन्ड जोन्सन खोप आउन लागेको जानकारी दिए ।

उनका अनुसार भोलि बिहान ७: ४५ बजे ७ लाख १९ हजार ६५० डोज आउने छ। बाँकी १४ लाख ५७ हजार डोज खोप पर्सी आउने थापाले बताए। खोप युनिसेफ मार्फत आउन लागेको हो।

यसअघि अमेरिकाले कोभ्याक्स मार्फत करिब १६ लाख डोज जोन्सन खोप नेपाललाई उपलब्ध गराएको थियो। जोन्सन एन्ड जोन्सनको खोप एक डोज मात्र लगाए पुग्छ। अन्य खोप भने दुई डोज लगाउनु पर्छ।

naima expoTop Changing Nepal

युट्युब सट्स