‘पुष्पा’ बन्यो सबैभन्दा बढी कमाउने फिल्म, दुई दिनमा कतिको गर्यो व्यापार ?
एजेन्सी । सन् २०२१ दक्षिण भारतीय फिल्मका लागि उत्कृष्ट साबित भएको छ । दक्षिण भारतका कैयौं फिल्मले भारतीय दर्शकमात्र नभई विश्वकै दर्शकको ध्यान आफूतिर खिचिरहेको छ । ठूलो बजेटको दक्षिण भारतीय फिल्म ‘आरआरआर’को ग्राण्ड रिलिज अघि फिल्म ‘पुष्पाः द राइज’ले बक्सअफिसमा रिलिजको दुई दिनमै सय करोड बढीको व्यापार गरेको छ ।
व्यापार विश्लेषक रमेश बालाका अनुसार फिल्मले रिलिजको दुई दिनमा विश्वव्यापी रुपमा सय करोड बढी कारोबार गरेको छ । फिल्मले दुई दिनमा १ सय १६ करोड व्यापार गरेको छ । उसले पहिलो दिन ७१ करोड र दोस्रो दिन ४५ करोड गरी कुल १ सय १६ करोड व्यापार गरेको हो ।
अमेरिकाको बक्सअफिसमा फिल्मले १ दशमलब ३० मिलियन डलरको व्यापार गरेको छ । भारतीय रुपैंयाँमा यसलाई रुपान्तरण गर्दा करिब १० करोड रुपैंयाँ पर्दछ । अर्का विश्लेषक तरण आदर्शले हिन्दी बक्सअफिसको आँकडा सार्वजनिक गरेका छन् ।
उनका अनुसार फिल्मले पहिलो दिन ३ करोड र दोस्रो दिन ४ करोडको कमाई गरेको छ । यो हिसाबले फिल्मको हिन्दी भर्सनले दुई दिनमा सात करोडको कमाई गरेको छ । फिल्मले अष्ट्रेलियासहित अन्य देशमा सानदार कमाई गरिरहेको छ । फिल्ममा अल्लु अर्जुन र रश्मिका मन्दाना प्रमुख भूमिकामा छन् ।
सम्बन्धित समाचार
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक
दिपमाला ढकालले पहिरिइन मिस नेपाल २०२६ को ताज
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


