के हो ‘साइलेन्ट हर्ट अट्याक’ ? कसरी थाहा पाउने ?
हर्ट अट्याकको संकेत दिने लक्षणहरु फरक प्रकृतिका हुन्छन् । छाती दुख्ने, चिसो लाग्ने, पसिना आउने र धेरै कमजोर महसुस हुने जस्ता लक्षणहरुले हृदयाघातको संकेत गर्छ । तर, कहिलेकाँही लक्षण नदेखिए पनि हृदयाघात हुनसक्छ । कहिलेकाँही मुटुमा समस्या भएको हुने तर थाहा नहुने पनि हुनसक्छ । यस्तो हुनुलाई ‘साइलेन्ट हर्ट अट्याक’ भनिन्छ । साइलेन्ट हर्ट अट्याकमा निकै असामान्य तर कुनै पनि लक्षण महसुस हुँदैन । यस्तो हर्ट अट्याक निकै खतरनाक हुन्छ ।
साइलेन्ट हर्ट अट्याक के हो ?
अमेरिकाको क्लीवल्याण्ड क्लिनिकका कार्डियोजोजिष्ट कर्टिस रिम्मरम्यानका अनुसार साइलेन्ट हर्ट अट्याकको सबैभन्दा खतरनाक कुरा भनेको यसको उपचार गर्न सम्भव हुँदैन । यो अवस्थामा लक्षण देखा नपरेपनि मुटुलाई भने नोक्सान पुर्याउँछ ।
कसरी पत्ता लगाउने ?
हृदयाघातको बारेमा जानकारी नहुनलेलाई यो रोगको बारेमा थाहा पाउन मुश्किल पर्छ । मुटुको मांसपेशीमा भएको नोक्सानलाई हेरेर डाक्टरले कस्तो प्रकारको हृदयाघात भएको पत्ता लगाउन सक्छन् । यसका लागि डाक्टरहरुले इलेक्ट्रोकार्डियोग्राम वा कार्डियक अल्ट्रासाउन्डमार्फत पत्ता लगाउन सक्छ । केही व्यक्तिहरु साइलेन्ट हर्ट अट्याकको तुरुन्तै अस्पताल जान्छन् । अत्यधिक थकान र सास फेर्न मुश्किल हुनु यसको लक्षण हुन सक्छ । साइलेन्ट हर्ट अट्याक महिला वा मधुमेहका रोगीलाई धेरै हुने गर्छ ।
लक्षण
यसको कुनै पनि विशेष लक्षण हुँदैन । यसको लक्षण पत्ता लगाउन सकिदैन । छातीमा केही अड्किएजस्तो महसुस हुने, धेरै थकान महसुस हुने, कुनै पनि क्रियाकलाप गर्दा सास फेर्न गाह्रो हुने, छातीमा जलन महसुस हुने र लगातार बैचैनी महसुस हुने यसका लक्षणहर हुन् । कहिलेकाँही मानिसहरु आफूलाई केही भइरहेको छ तर केही होइन भन्ने गर्छन् यो पनि हर्ट अट्याक हुन सक्छ । त्यसैले कुनै पनि समस्या भएमा डाक्टरको सल्लाह लिन आवश्यक छ ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नारायणी अस्पताल घटनाको विरोधमा रौतहटमा पनि चिकित्सकको आन्दोलन
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
मुटुको धड्कन बन्द भएको ४० घण्टापछि चीनियाँ नागरिक जिबितै
युनाइटेड सिमेन्टद्वारा धुनीबेँसीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, १४३ जना लाभान्वित
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


