अन्तिम दिन नेप्सेमा दोहोरो अंकको वृद्धि
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको अन्तिम दिन आज बिहिबार दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से १२.५३ बढेर दुई हजार पाँच सय २० दशमलब २३ विन्दुमा पुगेको हो । बुधबार नेप्से ९२.१६ बढेर दुई हजार पाँच सय ७ दशमलब ७० विन्दुमा पुगेको थियो । त्यस्तै, आज ४ अर्ब ४९ करोड २ लाख बराबरको कारोबार भएको छ । बुधबार ४ अर्ब ५२ करोड ३३ लाख बराबरको कारोबार भएको थियो ।
नेप्सेका अनुसार आज तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा सर्किट लाग्ने कम्पनीमा शिखर इन्स्योरेन्स, बरुण हाइड्रोपावर र जीवन विकास लघुवित्त वित्तीय संस्था रहेका छन् । आज शिखर इन्स्योरेन्सको शेयरमूल्य करिब १० प्रतिशतले बढेर प्रतिकित्ता १६८८ रुपैयाँ पुगेको छ भने बरुण हाइड्रोपावरको शेयरमूल्य पनि ९.३१ प्रतिशतले बढेर प्रतिकित्ता ४९३ रुपैयाँ पुगेको र जीवन विकास लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.७ प्रतिशतले बढेर प्रतिकित्ता ४४९८ रुपैयाँ पुगेको नेप्सेले जनाएको छ ।
त्यस्तै, आज गोर्खाज फाइनान्सको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । आज यसको शेयरमूल्य ६.७४ प्रतिशत भन्दा बढीले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार हिमालयन डिष्ट्रिलरीको भएको छ । यस कम्पनीको आज ३६ करोड २४ लाख भन्दा बढीको कारोबार भएको छ ।
सम्बन्धित समाचार
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
माउन्ट एभरेष्ट पावरको ८६ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत
पहिरोले १४ मेगावटको घारखोला पावर हाउसमा क्षति
एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
डिजिटल रूपैयाँको अवधारणा सार्वजनिक, ५ वर्षमा नोट छपाइ ५० प्रतिशत घटाउने लक्ष्य
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट


