Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

आज नेप्से ७१.२० अंकले वृद्धि, कारोबार रकम पनि बढ्यो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७८, पुष, ११
आज नेप्से ७१.२० अंकले वृद्धि, कारोबार रकम पनि बढ्यो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको कारोबारका पहिलो दिन आज आइतबार उच्च अंकको वृद्धि भएको छ । आज नेप्से ७१.२० बढेर दुई हजार पाँच सय ९१ दशमलब ४२ विन्दुमा पुगेको हो ।

त्यस्तै, कोरोबार रकममा पनि बृद्धि भएको छ । आज ५ अर्ब १७ करोड ३२ लाख बराबरको कारोबार भएको छ । बिहिरबार नेप्सेमा करिब साढे चार अर्बको कारोबार भएको थियो ।

नेप्सेका अनुसार आज २९ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा १५ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने १४ कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेका छन् ।

त्यस्तै, आज गोर्खाज फाइनान्सको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । आज यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नबिल बैंकको भएको छ । यस कम्पनीको आज ३२ करोड ७ लाख भन्दा बढीको कारोबार भएको छ ।

Top Changing Nepal

युट्युब सट्स