देउवाले गठबन्धनका सबै दलका मन्त्री हेरफेर गरेर एकैपटक पुर्नगठन गर्ने
काठमाडौं, २३ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले हाललाई नेकपा एकीकृत समाजवादी पार्टीका मन्त्री फेर्ने कदमलाई रोकेका छन् । बजेट पारित गर्न बाँकी भएकाले उनले अहिलेलाई नेकपा एसका मन्त्रीहरुलाई काम जारी राख्न भनेका छन् ।
देउवाले अब एकै पटक सबै दलका मन्त्रीहरु हेरफेर तथा पुर्नगठन गर्ने बुझिएको छ । उनले नेकपा एसका मात्र नभई आफ्नो दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीबाट पनि मन्त्रीहरु हेरफेर गर्ने विश्वस्त स्रोतले बताएको छ । तर, असार नलागी मन्त्रिपरिषद पुर्नगठन नहुने भएको छ ।
माधवकुमार नेपालले नयाँ मन्त्रीहरुको लिष्ट बालुवाटार पुर्याएपछि जसपा अध्यक्ष उपेन्द्र यादवले पनि देउवासँग छलफल गरेका छन् । जसपाले पनि मन्त्रीहरु हेरफेर गर्ने तयारी बढाएको छ । माओवादी केन्द्रमा पनि केही मन्त्रीहरु हेरफेरको कुरा चलिसकेको छ ।
देउवाले नेपाली काँग्रेसबाट पनि नयाँ अनुहार ल्याउनुपर्ने आवाज पार्टीभित्र उठ्न थालेको छ । केही मन्त्रीहरुको जिम्मेवारी हेरफेरबारे छलफल चलिसकेको छ ।
यसैगरी, लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि दुई मन्त्री दिएर सरकारमा समेट्ने प्रयासमा देउवा लागेका छन् । उनले लोसपा अध्यक्ष महन्थ ठाकुरसँग शनिबार भेटेर यसबारे कुरा गरिसकेका छन् ।
अब देउवाले मन्त्रिमण्डल एकैपटक हेरफेर गर्ने बुझिएको छ । अब पुर्नगठन गर्दा गठबन्धनका चारवटै दलको हेरफेर गरिने र लोसपालाई समेत सकेसम्म समेट्ने तयारी भएको छ ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


