बेरूजुको मात्रा घटाउन मेयर बालेनले दिए यस्तो सुझाव
२७ जेठ २०७९, काठमाडौँ : प्रणालीलाई पछ्याउने र कानुनको पालनामा सजग भएपछि बेरूजुको मात्रा घट्ने काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले बताएका छन्। ‘सानातिना कुरामा ख्याल नपुग्दा तथा यस्ता कुरालाई ध्यान नदिँदा कहिलेकाहीँ असल नियतले गरेका कामका विषयमा प्रश्न आउन सक्छन्,’ प्रमुख शाहले भने, ‘वित्तीय अनुशासनको पालना गरेर बेरूजु हुन नदिने वातावरण सिर्जना गर्नुपर्छ।’
आज आन्तरिक लेखा परीक्षण तथा बेरूजु समपरीक्षण एकाईले वडा सचिव, लेखापाल र इञ्जिनियरहरूसँग गरेको अन्तर्क्रियाका क्रममा उनले यस्तो बताएका हुन्। अन्तर्क्रियामा उपप्रमुख सुनिता डंगोलले हतारमा काम नगर्न सुझाव दिइन्। ‘भोलि बेरूजु देखिने गरी काम गर्नुहुँदैन। अहिले सम्पन्न गरेका कामसम्बन्धी भोलि फाइल पल्टाएर सुरूदेखि हेर्नु नपरोस्,’ उपप्रमुख डंगोलले भनिन्।
अन्तर्क्रियामा प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालले हिजोका बेरूजुलाई न्यूनीकरण गर्ने र आगामी दिनमा बेरूजु हुन नदिनेतर्फ आफूले काम गरिरहेको उल्लेख गरे। ‘हामी यो आर्थिक वर्षको अन्त्यसम्ममा पेश्की शून्य अभियानमा छौं,’ उनले भने, ‘लेखा परीक्षण प्रतिवेदनमा देखाइएका नियमित गर्न मिल्ने बेरूजुलाई नियमित गर्छौं। त्यस्तै समपरीक्षण र असुलउपर विधिबाट बेरूजु घटाउँछौं।’
अन्तर्क्रियामा प्रशासन विभागका प्रमुख महेश काफ्ले, वित्त विभागका प्रमुख बुद्धरत्न मानन्धर, सार्वजनिक निर्माण विभागका प्रमुख रामबहादुर थापा र राजस्व विभागका प्रमुख डा। शिवराज अधिकारीले आफूमातहत वडाबाट भएका काम र बेरूजु तथा फर्छ्यौटका लागि अवलम्बन गरिनु पर्ने प्रक्रियाका विषयमा प्रस्तुतिकरण गरेका थिए।
वडाबाट गरिने पूर्वाधारमा लगत इष्टिमेट, मूल्यांकन र भुक्तानी प्रक्रियाको सम्बन्धमा उनीहरूको जोड थियो। उनीहरूले घटना दर्ता समयमा हुन नसक्दा सामाजिक सुरक्षाका कार्यक्रममा बेरूजु देखिएको औंल्याएका थिए। वडा १६ का लेखा प्रमुख चिनीकाजी महर्जनले वडाको वित्तीय व्यवस्थापनमा आन्तरिक समन्वय प्रणाली बलियो बनाउनुपर्नेमा जोड दिए।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


