‘सिरियल किसर’ का रुपमा परिचित इमरान चुम्बन गर्दा किन डराए ?
२७ जेठ २०७९, काठमाडौँ : बलिउडको ‘सिरियल किसर’ का रुपमा परिचित छन् अभिनेता इमरान हाशमी । सन् २००३ मा महेश भट्टको निर्माण रहेको फिल्म ‘फुटपाथ’ मार्फत बलिउडमा डेब्यु गरेका इमरानको छवि नै सिरियल किसरको बन्यो । उनको हरेक फिल्ममा गर्ने किसले चर्चा पाउन थाल्यो । उनले कन्फिडेन्सकिआ साथ गर्ने किसको चर्चा हुनु नौलो रहेन । यद्यपि उनले एक अन्तर्वार्ताको क्रममा किस गर्दा डराएको खुलासा समेत गरेका छन् । फिल्म ‘घनचक्कर’ को छायांकनको क्रममा अभिनेत्री विद्या बालनलाई चुम्बन गर्न आफू डराएको बताएका हुन् ।
इमरान र विद्याले फिल्म ‘घनचक्कर’ मा कैयौँ चुम्बन दृश्य दिएका छन् । विद्यालाई चुम्बन गर्दा इमरान निकै डराएका थिए । जबकि यसअघिको फिल्ममा उनी जति खुसीका साथ अभिनेत्रीलाई चुम्थे । ‘घनचक्कर’ मा माहौल ठीकविपरीत देखियो । एक च्याट शो मा उपस्थित भएकी विद्याका अनुसार इमरानले विद्यासँग चुम्बन दृश्य दिँदा डराउने कारण विद्याका पति तथा फिल्म निर्माता सिद्धार्थ रोय कपुर थिए ।
‘सिद्धार्थले के भन्लान् ? ’ चुम्बनपछि विद्यालाई इमरान यही प्रश्न सोधिरहन्थे । किनकि फिल्मका निर्माता विद्याका पति सिद्धार्थ नै थिए । ‘फिल्ममा हामी कलाकार हौं । कथा अनुसार हामीले अभिनय गर्नुपर्छ । तर इमरानले मलाई प्रश्न गरिरहँदा म अचम्ममा पर्थें’, उनले भनेकी छन् । इमरान पछिल्लो समय टाइगरको तेस्रो सिरिज र सेल्फी नामक फिल्ममा व्यस्त छन् ।
सम्बन्धित समाचार
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक
दिपमाला ढकालले पहिरिइन मिस नेपाल २०२६ को ताज
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


