Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

आईटिएफ एसिया १२ एण्ड अन्डर टेनिस प्रतियोगिताको तयारी पुरा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, जेष्ठ, २९
आईटिएफ एसिया १२ एण्ड अन्डर टेनिस प्रतियोगिताको तयारी पुरा

जानकारी केन्द्र । नेपाल टेनिस संघद्वारा भोलि सोमबारदेखि शुक्रबारसम्म आईटिएफ एसिया १२ एण्ड अन्डर टेनिस कम्पिटिसन, रिजनस क्वालिफाइड इभेन्ट साउथ एसिया–२०२२ आयोजना गरिएको छ ।

उक्त संघले दक्षिण एसियाका सातै राष्ट्रको सहभागितामा प्रत्येक राष्ट्रबाट ६ खेलाडीहरुको कम्पिटिसन सहभागिता रहने जानकारी दिएको छ । त्यस्तै, आइतबारको पत्रकार सम्मेलनमा संघले उक्त प्रतियोगिता सातदोबाटोको टेनिस कम्प्लेक्समा हुने एवम् सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।

यसैगरी, प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडीहरुको छनोट गत जेठ गतेदेखि १० गतेसम्म सातदोबाटोमा भइसकेको छ । साथै, संघले प्रतियोगिता संचालनको लागि टुर्नामेन्ट डाइरेक्टर अजय विष्ट, आईटिएफ रिप्रिजेन्टेटिभ जोनावन स्टब्स र आईटिएफ रेफ्री प्रवीन कुमार नायक नेपालमा आइसकेको जानकारी दिएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स