तराइमा ग्याँस सिलिण्डर लुटे – जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, आश्विन, १२
महोत्तरीको रघुनाथपुर सोमबार बिहान ज.१ त ७४११ नम्बरको ट्याक्टरमा रहेको १ सय थान भरेको ग्याँस सिलिण्डर लुटपाट भएको छ । सर्लाहीको लालबन्दीबाट महोत्तरी सम्सीस्थित सुनिल साहको पसलमा ग्याँस सिलिण्डर लैजाने क्रममा अन्दाजी १०/१२ जनाको समुहले ट्याक्टर चालकलाई कुटपिट गरी ट्याक्टरसहित सिलिण्डर सोनामातर्फ लगेका थिए । प्रहरीले लुटपाट भएको सिलिण्डर खोजी गर्ने क्रममा सोनामा–६ स्थितबाट खाली ट्याक्टर फेला पारेको जानकारी दिएको छ ।
यसै गरि वीरगंज उपमहानगरपासिलका रामगडवास्थित सडकमा ना.२ त ७३३९ नम्बरको ट्याक्टरबाट आइतबार ४६ थान जगदम्बा कम्पनिको खाली सिलिण्डर अन्दाजी ४०/५० जनाको समूहले लुटपाट गरी फरार भएका छन् । लुटपाट भएको सिलिण्डर खोजतलास गर्ने क्रममा स्थानियबासीसँग १२ वटा सिलिण्डर फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


