Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

मेगा र नेपाल इन्भेस्टमेन्ट बैंकको शेयर कारोबार रोक्का

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, जेष्ठ, ३०
मेगा र नेपाल इन्भेस्टमेन्ट बैंकको शेयर कारोबार रोक्का

जानकारी केन्द्र । मेगा बैंक नेपाल लिमिटेड र नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडको शेयर कारोबार रोक्का भएको जनाइएको छ ।

नेप्सेले शुक्रबार यी दुई बैंकबीच मर्जर सम्झौता भएपछि दुवै कम्पनीको शेयर कारोबार रोक्का गरिएको जानकारी दिएको छ । नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकबीच २७ जेठमा १००ः९० शेयर स्वाप अनुपातमा गाभ्ने/गाभिने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

नेप्सेले सम्झौतासँगै दुवै कम्पनीको धितोपत्र कारोबार सोमबारदेखि रोक्का गरेको छ । नेप्सेका वरिष्ठ अधिकृत कुलचन्द्र रिजालले बैंक तथा वित्तीय संस्था एक आपसमा मर्जर तथा प्राप्ति/एक्विजिसनसम्बन्धी विनियमावली, २०७३ को विनियम ६ (१) बमोजिम मेगा बैंक र नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडको शेयर कारोबार ३० जेठबाट रोक्का राखिएको बताए ।

यसअघि नेपाल इन्भेस्टमेन्ट बैंकको भने हिमालयन बैंकसँग मर्जरमा जाने सम्झौता टुटेपछि सम्झौताको कारण एक वर्षपछि शेयर कारोबार खुलेएको थियो ।

Top Changing Nepal

युट्युब सट्स