Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

तनहुँमा दुई जनाको खोलामा डुबेर मृत्यु

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, जेष्ठ, ३०
तनहुँमा दुई जनाको खोलामा डुबेर मृत्यु

जानकारी केन्द्र । तनहुँको भानु नगरपालिका–२ मोहरिया गाउँमा माछा मार्न गएका दुईजनाको मृत्यु भएको छ ।

आइतबार साँझ एकै गाउँका ३५ वर्षीय धनबहादुर गुरुङ र २२ वर्षीय सागर गुरुङको माछा मार्ने क्रममा मृत्यु भएको जनाइएको छ । उनीहरु मामा र फुपूको छोरा रहेको स्थानीयले जानकारी दिए ।

स्थानीय राजेश कार्कीले उनीहरु माछा मार्न गएका र पौडी खेल्ने क्रममा डुबेर ज्यान गुमाएको बताए । भानु इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश भुसालले उनीहरु भानु नगरपालिका–२ र ५ को सिमानामा पर्ने चुदीखोलामा गएको जानकारी दिए ।

naima expoTop Changing Nepal

युट्युब सट्स