ओली, देउवा र माधव नेपालमा केही फरक पाईनँः झलनाथ खनाल
काठमाडौं । नेता झलनाथ खनाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालबीच खटपट सुरु भएको छ ।
नेता खनालले खासगरी मन्त्रीहरु हेरफेरबारे पार्टीले लिएको निर्णय कार्यान्वयन गराउन नसकेको भन्दै अध्यक्ष नेपालसँग असन्तुष्टि पोखेका छन् । पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाएको अवस्थामा पनि हालसम्म नयाँ मन्त्रीहरुको सपथ हुन नसक्नु दुर्भाग्य भएको उनको गुनासो रहेको छ । मन्त्रीहरुले पनि पार्टी पद्धती र निर्णय नमानेको भन्दै उनले सार्वजनिक रुपमा आलोचना गरे ।
खनालले स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनबीच उचित समन्वय नभएको र आफूहरुप्रति कांग्रेस एवम् माओवादी केन्द्र अनुदार बनेको भन्दै असहमति राख्दै आएका थिए । उनले हाल भने सार्वजनिक रुपमै आगामी संघीय संसद्को निर्वाचनसम्म वाम गठबन्धन गरेर जानुपर्नेमा जोड दिइरहेका छन् ।
उनले प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यशैलीमाथि पनि प्रश्न उठाए । त्यस्तै, उनले पार्टी पद्धतीको निर्णय सबैले स्विकार गर्नुपर्ने बताए ।
पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा खनालले प्रधानमन्त्री देउवा, माधव नेपालपनि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीकै पथमा हिँडेको आरोप लगाएको रिपोटर्स नेपालमा खबर छ । उनले भने,‘ देउवा र माधवजी पनि केपी ओलीभन्दा फरक देखिनुभएन, एउटै कार्यशैली देखियो ।’ खनालले आगामी संसद्को निर्वाचनमा एमालेसँग सहकार्य हुनेगरि छलफल अघि बढेको पनि संकेत गरे । हाल आफ्नो गृहजिल्ला इलाममा जिससमा एमाले र एकीकृत समाजवादीबीच गठबन्धन बनिसकेको पनि खनालले बताए । खनालले पछिल्लो समय वाम गठबन्धनको वकालत गरिरहेको जनाइएको छ ।
सम्बन्धित समाचार
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

