चितवन जिसस प्रमुखमा गोलाप्रथाबाट एमालेका अधिकारी विजयी
काठमाडौं । जिल्ला समन्वय समिति (जिसस) चितवनको प्रमुखमा नेकपा एमालेका नारायणप्रसाद अधिकारी गोलाप्रथाबाट विजयी भएका छन् ।
उनको प्रतिष्पर्धीमा नेपाली कांग्रेसका पूर्णबहादुर रानाभाट रहेका थिए ।
आज मंगलबार भएको मतदानमा जिसस संयोजकसहित सदस्य पदमा समान मत आएपछि गोला प्रथा गरिएको थियो । गोला प्रथामा संयोजकसहित बहुमत सदस्य एमालेले जितेको जनाइएको छ । जिसस गठनका लागि पालिका प्रमुख र उपप्रमुखद्वारा मतदान हुने गर्छ ।
चितवनमा सात पालिका छन् । चितवनको जिसस गठनमा एमाले र नेकपा एकीकृत समाजवादीबीच तालमेलको योजना पनि रहेको जनाइएको छ । एमालेले भने जिसस उपप्रमुखमा उम्मेदवारी दिएको थिएन ।
यसैगरी, समाजवादीद्वारा जिसस उपप्रमुख उम्मेदवार भएकी कल्पना काफ्ले सापकोटा निर्विरोध भएकी थिइन् । त्यस्तै, एमालेले एक जना महिला सदस्यमा पनि उममेदवारी दिएन । समाजवादीबाट सदस्यमा उठेकी उम्मेदवार पूजा गुरुङले एमाले सहीत १४ मत ल्याइन् । गठबन्धन बाहिर समाजवादीका मतदाताले एमालेका उम्मेदवारलाई मतदान नगरेको जनाइएको छ ।
सम्बन्धित समाचार
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

