सुर्खेतमा पेट्रोल अभाव, के रहेछ कारण?
काठमाडौं । गत शनिबारदेखि सुर्खेतमा पेट्रोल अभावले समस्या सिर्जना गरिको जनाइएको छ ।
यस क्षेत्रका पम्पमा आज विहानैदेखि मोटरसाइकल, स्कुटर तथा अटोरिक्साहरुको खचाखच भिड छ । गङ्गामाला, वीरेन्द्रनगरका शङ्खर, नारायण, दीपमाला र बुलबुले पेट्रोलपम्पमा आपूर्ति भएको उक्त परिमाणको पेट्रोल सोमबार नै सकिएको हो ।
त्यस्तै, सोमबार अपराह्न नै सुर्खेतका पाँच आयल स्टोरमा २० हजार लिटर आपूर्ति भए पनि हाल पेट्रोलको अभाव खड्किएको छ ।
इण्डियन आयल कर्पोरेशनद्वारा नयाँ ‘एक्जिम कोड’ लागू गर्दै इन्धन बोकेका ट्याङ्करलाई प्रहरीले नेपाल-भारत सीमा रुपैडियामा रोकेपछि यस क्ष्चोत्रमा पेट्रोलियम पदार्थको अभाव भएको जनाइएको छ ।
नेपाल आयल निगम इन्धन डिपो कार्यालय बाँकेका प्रमुख दीपकप्रसाद घिमिरेले अवस्था सहज बन्ने बारे यसो भने ‘भन्सार प्रक्रियाको कारण रोकिएका ट्याङ्कर म्यानुअल प्रणालीबाट छुट्ने क्रम सुरु भएको छ । बाँकी ट्याङ्कर पनि छुटाउने प्रक्रिया चलिरहेको छ, नेपालका लागि छुटेका ट्याङ्करमध्ये ६० हजार लिटर पेट्रोल मङ्गलबार अपराह्नसम्म सुर्खेत पठाउने तयारीमा छौँ ।’ भारत सरकारद्वारा प्रयोगमा आएको नयाँ भन्सार सफ्टवेयरमा ‘एक्जिट कोड’ र ‘इम्र्पोट एक्सर्पोट कोड’अनुसार बैंक खातामा प्रविष्ट गर्नुपरेकोले भारतबाट निर्यात हुने मुलुकमा पेट्रोलियम पदार्थको ढुवानी प्रभावित भएको जानकारी दिइएको छ ।
सम्बन्धित समाचार
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
टीसिएल एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
रातभर हराएकी १२ वर्षिया बिन्दी सकुशल भेटिइन,परिवारमा छायो खुसी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

