सिसडोलमा रंगशाला र पार्क बनाउन चाहन्छौं : मेयर बालेन
५ असार २०७९, काठमाडौँ : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सिसडोलमा रंगशाला र पार्क बनाउन आफूहरूले चाहेको बताएका छन्। आज बिहान एन्फाका पंकजविक्रम नेम्वाङसँगको भेटमा उनले सिसडोलको फोहोर व्यवस्थापन गरी त्यहाँ रंगशाला र पार्क बनाउने चाहना रहेको बताए।
उनले लिग खेल्ने काठमाडौंका क्वलबहरूमा बाहिरका खेलाडीको बर्चश्व रहेकोले स्थानीय खेलाडी टिम बनाउन लागिएको र त्यसका लागि रंगशाला पनि आवश्यक पर्ने बताएका थिए। ‘महानगरका क्लबबाट खेल्ने खेलाडी उत्पादन गर्नको लागि सम्बन्धित पक्षसँग सहकार्य गर्दै ग्रासरूट फुटबलका कार्यक्रम सञ्चालन गर्न चाहन्छौं,’ मेयर बालेनले भने, ‘सिसडोलमा रहेको फोहोरलाई उचित ब्यबस्थापन गरेर सुन्दर रंगशाला र पार्क निर्माण गर्न चाहन्छौं।’
काठमाडौंबाट सिसडोल करिब १२ किलोमिटरको दूरीमा छ। महानगरभित्रका ए डिभिजन क्लवलाई महानगरले बार्षिक १० लाख दिने गरेको छ। नेपाली फुटबलको विकास, विस्तार र कार्यक्रमबारे मेयर बालेनसँग सहकार्य गर्न तयार रहेको एन्फामा वरिष्ठ उपाध्यक्ष रहेका नेम्बाङले बताए।
‘हामी महानगरमा फुटबलको विकास र कार्यक्रममा सञ्चालनमा सहकार्य गर्न तयार छौं। सुशासन, आर्थिक पारदर्शीता, विकेन्द्रकरणलाई व्यवहारमा लागू गर्दै नेपाली फुटबललाई अगाडि बढाउन चाहन्छौं,’ उनले भने।
सम्बन्धित समाचार
सीजी इलेक्ट्रोनिक्स – एलजी नेपालद्वारा व्यवसायिक अवसर र आधुनिक लन्ड्री समाधानलाई लक्षित गर्दै कमर्शियल वाशिङ मेसिन सेमिनार आयोजना
जनकपुरमा प्रोटोनको १०औँ सोरुम, सोरुम शुभारम्भसँगै ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
नेपाल इलेक्ट्रिक, पावर, लाइट तथा नेपाल कन्ज्युमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी २०८३ आयोजना हुँदै ।
यी पाँच गल्तीका कारण फाटछ दूध, अब यसरी जोगाउनु होस्
डाटा सुरक्षासम्बन्धी विश्वस्तरीय मापदण्डहरू पूरा गर्दै इसेवा बन्यो ‘पीसीआई डिएसएस’ मान्यता प्राप्त भुक्तानीप्रदायक संस्था
प्रोटोन इ.मास ५ को नयाँ टिभिसि ‘रिडिफाइन योर एभ्रिडे’ सार्वजनिक
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

