प्रधानमन्त्रीको अमेरिका भ्रमणका बेला कार्यक्रममा सहभागी हुने तर कुनै सम्झौता नगर्ने सहमति
५ असार २०७९, काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणका बेला कुनै सम्झौता नगर्ने गठबन्धनमा सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान बसेको गठबन्धन दलका नेताहरुको बैठकमा प्रधानमन्त्री देउवाको हुन लागेको अमेरिका भ्रमणको बेला कार्यक्रममा सहभागी हुने तर कुनै समझदारी नगर्ने सहमति भएको हो ।
अमेरिकी सैन्य रणनीति स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता मस्यौदामा हस्ताक्षर गर्न नेपाली सेना र नेपाल सरकारलाई अमेरिकी सेनाले ताकेता गरेपछि प्रधानमन्त्रीलाई अमेरिका भ्रमण नगर्न संसदीय समितिले सुझाव दिएको छ ।प्रधानमन्त्रीले यो सुझावलाई पालना नगरी भ्रमणमा जाने निर्णय गठबन्धनबाट अनुमोदन गराएका हुन् । त्यस्तै भ्रमणबारे जानकारी लिन आज प्रतिनिधि सभा अन्तरगत अन्तराष्ट्रिय सम्बन्ध समितिले आज भ्रमणबारे जानकारी लिन बोलाएकोमा प्रधानमन्त्री देउवा सहभागी भएनन् । सम्बन्ध समितिमा नगएका देउवाले बालुवाटारमा गठबन्धन दलको बैठक बोलाएका हुन् ।
हिजो (शनिबार) पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको थियो ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


