Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

उडान सेवा बन्द गर्ने कार्यक्रम आंशिक रूपमा फिर्ता

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, असार, ८
उडान सेवा बन्द गर्ने कार्यक्रम आंशिक रूपमा फिर्ता

काठमाडौं । बुधबारदेखि वायुसेवा सञ्चालक सङ्घ नेपालले गर्ने भनिएको उद्धार तथा नियमित उडान बन्दका कार्यक्रम आंशिक रूपमा फिर्ता गरिएको छ ।

मङ्गलबार राति नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालक सङ्घ नेपालबीच भएको वार्ताबाट बुधबार बिहान ११ बजेदेखि देशभरका आन्तरिक उडान सुचारु राख्ने निश्कर्ष आएको हो ।

वायुसेवा सञ्चालक सङ्घ नेपालले राति ११ बजे सकिएको उक्त वार्तामा राखेको मागबारे बुधबार दिउँसो पुनः छलफल गर्ने गरी बुधबारका लागि हवाई यातायात नियमित राख्ने सहमति भएको थियो । पूर्वसूचनासमेत नदिई वायुसेवा कम्पनीले हवाई सेवा बन्द गर्ने घोषणा गरेपछि यात्रुहरु अन्योलमा परेका थिए ।

बुद्ध र यती एयरलाइन्सका भने सबै उडान नियमित हुनेछन् ।

naima expoTop Changing Nepal

युट्युब सट्स