जम्बो मोटर्सले ई–स्कुटर नेपाल भित्र्याउँदै, यस्ता छन् विशेषता..
काठमाडौं । जम्बो मोटर्सले एकपटकको फुल चार्जमा २४० किलोमिटर यात्रा गर्न सक्ने ई–स्कुटर नेपाल भित्र्याउने जनाएको छ । जुन करिब काठमाडौंदेखि पोखरासम्मको दुरी हो ।
जम्बो मोटर्सले भारतमा निर्मित उक्त ई-स्कुटर नेपालमा आगामी साउन महिनाभित्र सार्वजनिक हुने जानकारी दिएको छ । कम्पनीले बढ्दो पेट्रोलको मूल्यलाई प्रतिस्थापन गर्न उक्त विद्युतीय स्कुटर भित्राउने जनाएको छ ।
यस ई–स्कुटर घरमै भएको प्लगबाट चार्ज गर्दा २ घन्टामै फुलचार्ज हुने भनिएको छ । त्यस्तै, यसमा फास्ट चार्जर पनि उपलब्ध गराइनेछ । फास्ट चार्जरबाट चार्ज गर्दा केबल ३० मिनेटमै फुचालर्ज हुने कम्पनीको दावी छ ।
रेट्रो डिजाइनको यो स्कुटरमा ब्याट्रीलाई फुलचार्जमा भेरियन्टअनुसार १२० किलोमिटरदेखि २४० किलोमिटरसम्म चलाउन सकिनेछ । ब्राभोमा ३ किलोवाटको मोटर जडान गरिएको छ ।
साथै, २० र ४० एम्पियरको ब्याट्री ७२ भोल्टको हुनेछ । स्कुटरमा टीएफटी डिस्प्ले, की लेस स्टार्ट, बाइडर टायर, टेलीस्कोपिक सस्पेन्सन, एलईडी लाइट्स, डिस्क ब्रेक, बुट स्पेसजस्ता सुविधा छन् । जम्बो मोटर्सले नेपालमा ओपाई र लेभ्निङ ब्रान्डका विद्युतीय स्कुटर बिक्री गर्दै आएको छ ।
यसैगरी, स्कुटरको मूल्य भने निर्धारण गरिएको छैन । यद्यपी, कम्पनीले ३ लाख रुपैयाँ आसपास पर्न सक्ने जनाएको छ ।
सम्बन्धित समाचार
बालबालिकाको गोपनियता संकलन गरेको आरोपमा टिकटकलाई ४० करोड डलर जरिवाना
सीजी इलेक्ट्रोनिक्स – एलजी नेपालद्वारा व्यवसायिक अवसर र आधुनिक लन्ड्री समाधानलाई लक्षित गर्दै कमर्शियल वाशिङ मेसिन सेमिनार आयोजना
नेपाल इलेक्ट्रिक, पावर, लाइट तथा नेपाल कन्ज्युमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी २०८३ आयोजना हुँदै ।
डाटा सुरक्षासम्बन्धी विश्वस्तरीय मापदण्डहरू पूरा गर्दै इसेवा बन्यो ‘पीसीआई डिएसएस’ मान्यता प्राप्त भुक्तानीप्रदायक संस्था
भारत नेपाल डिजिटल भुक्तानी कनेक्टिभिटि थप सुदृढ,यूपीआईमार्फत सहज बन्दै सीमापार कारोबार
रेडमी १७ सिरिज नेपालमा सार्वजनिक, ७,५०० एमएएचको शक्तिशाली ब्याट्री
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

