Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

निस्दी गाउँपालिकाका एकल पुरुषले सामाजिक सुरक्षा भत्ता पाउँदै

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, असार, १२
निस्दी गाउँपालिकाका एकल पुरुषले सामाजिक सुरक्षा भत्ता पाउँदै

पाल्पाको निस्दी गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिने जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले एघारौँ गाउँ सभामार्फत नीति तथा कार्यक्रमसहित बजेट सार्वजनिक गर्दै पालिकामा बसोबास गर्ने ६० वर्ष उमेर पुगेका एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ताको व्यवस्था गर्ने बताए । साथै ‘ग’ वर्गको अपाङ्गता भएका व्यक्तिहरूलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराइने जनाइएको छ ।

सरकारको नीतिअनुसार यसअघि ‘क’ र ‘ख’ वर्गको परिचयपत्र प्राप्त गर्ने अपाङ्गता भएका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध हुँदै आएकामा गाउँपालिकाले ‘ग’ वर्गका अपाङ्गता भएका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ताको व्यवस्था गर्न लागेको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले सामाजिक सुरक्षा भत्ता कार्यक्रम नीति तथा कार्यक्रममा राखिएको र आगामी साउन १ देखि नै भत्ता दिन सुरु गरिने बताए । साउन १ गतेबाटै मासिक रु. १ हजारका दरले वितरण गरिनेछ ।

यसैगरी, गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु. ६४ करोड ९८ लाख छ हजार ५७० बराबरको बजेटसहित गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

 

naima expoTop Changing Nepal

युट्युब सट्स